दुग्ध किसानको पुस मसान्तसम्मको भुक्तानी चैत २१ सम्म हुन्छ : प्रधानमन्त्री

Advertisement

काठमाडौं । सरकारले दुग्ध किसानको पुस मसान्तसम्मको भुक्तानी चैत २१ गतेसम्म गर्ने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै दुग्ध किसानको भुक्तानी सहज गर्ने सहमति भएको बताए । 

Advertisement

‘दुग्ध किसानको भुक्तानी सहज बनाउन सम्बन्धित उद्योगी र किसानसँग वार्ता गराई पुस मसान्तसम्मको रकम आगामी चैत २१ गतेसम्म भुक्तानी गरिसक्ने र नियमित भुक्तानी पनि जारी राख्ने सहमति भएको छ,’ उनले भने ।
 

Advertisement

Advertisement