अबको गर्मीयाममा स्थलमार्गबाट आउने भारतीय पर्यटक दोब्बर हुने अनुमान

Advertisement

काठमाडौं । आउँदो गर्मीयाममा भारतीय सीमावर्ती क्षेत्रबाट नेपाल आउन परिवारसहितका भारतीय पर्यटकको संंख्या दोब्बर हुने नेपाली तथा भारतीय पर्यटन व्यवसायीहरुले आँकलन गरेका छन् । 

सो तथ्य भारतीय र नेपाली पर्यटन व्यवसायीबीच लखनउमा भएको कार्यक्रममा औंल्याइएको होटल संघ नेपाल (हान)ले जनाएको हो । हानका अध्यक्ष विनायक शाहको नेतृत्वमा अयोध्या र लखनउ गएको ६० सदस्यीय नेपाली प्रतिनिधिमण्डल कार्यक्रम सम्पन्न गरी स्वदेश फर्किएको जनाइएको छ । 

Advertisement

जनकपुर र अयोध्यालाई जोडेर बढी भन्दा बढी भारतीय पर्यकटलाई नेपाल भित्राउन यही गएको मार्च ३ देखि ७ सम्म लखनउमा पर्यटन प्रवर्द्धन कार्यक्रम गरेको संघको भनाई छ । 

लखनउ, कानपुरलगायतका क्षेत्रका ५० भन्दा बढी टूर अपरेटर र पर्यटन व्यवसायी उपस्थित सो कार्यक्रममा शाहले नेपाल विवाह र माइस पर्यटनका लागि उपयुक्त गन्तव्य रहेको बताएका थिए । यसका लागि पर्याप्त संरचना तयारी अवस्थामा रहेको उनले बताए । 

शाहले पर्यटकहरुलाई  मौलिक खानाहरु खुवाएर नेपाल भ्रमण स्मरणीय बनाइने पनि बताए । उनले नेपालको धार्मिक तथा प्रमुख पर्यटकीय गन्तव्यहरुलाई समेटेर हिन्दी भाषामा तयार गरिएको प्रवर्द्धनात्मक पुस्तक वितरण गरिएको थियो । 
 
भारतीय पर्यटन व्यवसायीको तर्फबाट ट्राभल एजेन्ट्स एसोसिएसन अफ इण्डिया र ट्राभल ट्रेड एसोसिएसन यूपीका अध्यक्षले नेपालमा भारतीय पर्यटकहरुलाई भ्रमण गर्न उत्प्रेरित गरिएको र आगामी दिनमा बढीभन्दा बढी भारतीय पर्यटकहरुले नेपाल भ्रमण गर्ने  विश्वास लिएका थिए । 

Advertisement

Advertisement