एकैपटक नेपाली सेनाले माग्यो २५ सय कर्मचारी, कुन पदमा कति ? (सूचीसहित)

Advertisement

काठमाडौं । नेपाली सेनाले विभिन्न पदका लागि दुई हजार पाँच सय ७४ जना कर्मचारी माग गरेको छ ।

देशैभरका कार्यालयहरूका लागि आवश्यक रहेका सूचना प्रकाशन गर्दै  नेपाली सेनाको स्वीकृत दरबन्दीभित्र रिक्त रहेका सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स (ब.का.सि., सूचिकार, सफाइकर्मी, चर्मकर्मी, लोहाकार) पदमा भर्ना आव्हान गरेको हो । 

Advertisement

नेपाली सेना भर्ना छनौट निर्देशनालयले एक सूचना प्रकाशन गर्दै जेठ १२ गतेसम्म दरखास्त दिने अन्तिम मिति तोकेको छ ।

दरखास्तका लागि कक्षा ८ उत्तीर्ण गरेका महिला तथा पुरुष हुनु पर्ने र १८ वर्ष पुरा भई २२ वर्ष ननाघेको हुनु पर्ने समेत सूचनामा उल्लेख गरेको छ । 

 

Advertisement