सरकारमा जान शर्त राखेका रेशम चौधरीलाई पार्टीको अध्यक्ष मान्न निर्वाचन आयोगद्धारा अस्वीकार

Advertisement

काठमाडौं । निर्वाचन आयोगले रेशम चौधरीलाई नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा मान्यता दिन अस्वीकार गरेको छ ।

गत पुस २७ गते कैलालीको टीकापुरमा भएको नागरिक उन्मुक्तिको महाधिवेनबाट पार्टीको अध्यक्ष बनेका चौधरीले आफू अध्यक्ष बनेको दावी आयोगमा पेश गरे पनि निर्णय गर्न आयोगले ढिलाई गर्दै आएको थियो । 

Advertisement


महाधिवेशनपछि नागरिक उन्मुक्तिले पार्टीको अभिलेख अद्यावधिकका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो । तर आयोगले अध्यक्षमा चौधरीको नाम अद्यावधिक गर्न अस्वीकार गरेको हो । त्यसअघि साँसद एवं चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्तिको अध्यक्ष थिइन् । 

राजनीतिक दलसम्बन्धी ऐनमा भएको व्यवस्थाअनुसार अध्यक्षमा चौधरीको नाम अद्यावधिक हुन नसक्ने भन्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विधिसम्मत नभएकोले चौधरीलाई नागरिक उन्मुक्तिको अध्यक्षको मान्यता दिन नसकिएको बताए ।

श्रेष्ठलाई नै नागरिक उन्मुक्तिको अध्यक्ष कायम गरिएको छ । २०६२ जेठ ७ गतेको टीकापुर घटनामा जन्मकैदको सजाय पाएका चौधरीलाई गणतन्त्र दिवसका अवसरमा राष्ट्रपतिबाट कैद मिनाह भएको थियो । उक्त निर्णयको चर्को विरोध समेत भएको थियो । 

टिकापुर घटनामा ८ जना प्रहरीसहित एक बालकको मृत्यु भएको थियो। चौधरी उक्त घटनाको योजनाकार रहेको भन्दै तीन वटै तहको अदालतबाट जन्मकैदको सजाय पाएका थिए । 

पछिल्लो राजनीतिक घटनाक्रमपछि नयाँ गठवनधनमा सहभागी हुन आनाकानी गर्दै आएका चौधरीले प्रमुख प्रतिपक्षी दलका नेताशेरबहादुर देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका थिए । 

Advertisement