पद ठूलो हुँदैमा र मान्छे धनी हुँदैमा राम्रा हुँदैनन्ः अध्यक्ष बिजुक्छे

Advertisement

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले मजदुर किसानहरु नै देशको बहुमत जनता भएको बताएका छन् । 

शुक्रवार भक्तपुरको भाजपुखू र जलेश्वर मन्दिरको उद्घाटनका क्रममा उनले पद ठूलो हुँदैमा र मान्छे धनी हुँदैमा सबै राम्रा हुन्छन् भन्नेकुरा सत्य नरहेको बताए । उनीहरुको गल्ती कमजोरीबाट सिकेर आम नागरिकहरुले राम्रो काम गर्नुपर्ने विजुक्छेंको भनाई छ । उनले पुरातात्विक र धार्मिक एवं सांस्कृतिक सम्पदाहरुको संरक्षण र पुनः निर्माणमा राज्यका निकायहरुले चासो नदिएको बताए । 

Advertisement

उनले भने, ‘मजदुर किसानहरु नै देशको बहुमत जनता हो । ठूला ठूला मानिसहरुको भ्रष्टाचारको विषयमा त पूर्ववक्ता साथीहरुले भनि हाल्नुभयो । पद ठूलो हुँदैमा, मान्छे धनी हुँदैमा उनीहरु राम्रा हुन्छन् भन्नेकुरा सत्य होइन । त्यसकारण तिनीहरुको गल्ती कमजोरीबाट सिकेर त्यस्तो काम नहोस् भन्नेकुरा मनमा राखौँ ।’

विजुक्छेंले जनताको स्तरबाटै कम नगरी विकास हुन नसक्ने अवस्था आएको बताए । उनले नयाँ पुस्ताले प्राचिक इतिहास र कलालाई संरक्षण गर्न आवश्यक रहेको बताए । 

Advertisement