२१ अर्ब ५० करोडको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक, आजै बोलकबोल

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले २१ अर्ब ५० करोड रुपियाँबराबरको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ । 

क्रमशः २८ दिन, ९१ दिन र एक वर्षका लागि नवीकरण गर्न लागेको ट्रेजरी बिलको बाेलकबोल आइतबार (आज) दिउँसो ३ बजे हुनेछ ।

Advertisement

आज बोलकबोल भएको ट्रेजरी बिल फागुन २९ गते जारी हुनेछ । 

राष्ट्र बैंकले २८ दिनका लागि ८ अर्ब रुपियाँको ट्रेजरी नवीकरण गर्न लागेको हो । यो ट्रेजरी असोज चैत २७ गते परिपक्व हुने बताइएको छ । 

त्यस्तै, राष्ट्र बैंकले ९१ दिनका लागि नवीकरण गर्न लागेको ट्रेजरी बिल ८ अर्ब ५० करोड रुपियाँबराबरको हो । यो ट्रेजरी २०८१ जेठ २९ गते परिपक्व हुनेछ । 

त्यसैगरी, एक वर्षका लागि नवीकरण गर्न लागेको ५ अर्ब रुपियाँको ट्रेजरी बिल २०८१ फागुन २७ गते परिपक्व हुनेछ । 

ट्रेजरी बिल एक या सोभन्दा कम कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।

यस ट्रेजरी बिलको बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुनेछ । 

Advertisement