घिसिङले निलम्बन गरेपछि प्राधिकरणका एक कर्मचारीद्धारा आत्मदाह गर्ने चेतावनी

Advertisement

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका एक कर्मचारीले आफूलाई कार्यकारी निर्देशक कुलमान घिसिङले अन्यायपूर्वक निलम्बन गरेको भन्दै त्यसविरुद्ध आत्मदाह गर्ने चेतावनी दिएका छन् । 

सब–इन्जिनियर दिनेश शिवाकोटीले आइतबार गृहमन्त्री रवि लामिछानेलाई निवेदन दिँदै सात दिनभित्र आफ्नो निलम्बन फुकुवा नभए आत्मदाह गर्ने चेतावनी दिएका हुन् । आफ्नो व्यक्तिगत जीवन रक्षाको मागसमेत गरेका उनले आफूलाई विभिन्न आरोपसहित गरिएको निलम्बनको समेत छानविन गरी दोषीमाथि आशालाग्दो कारवाही गर्न माग गरेका छन् । 

Advertisement

छानविन र कारवाहीको आशालाग्दो संकेत सात दिनभित्र नपाए प्राधिकरणको कार्यालय परिसरमा आत्मदाह गर्ने शिवाकोटीको चेतावनी छ । आत्मदाहपछि आफ्नो परिवारको जिम्मा सरकारले लिनुपर्ने शर्त पनि उनले राखेका छन् । यी सबै घटनाको दोषी घिसिङ हुने भन्दै शिवाकोटीले यो आफ्नो अन्तिम निवेदन भएको बताएका छन् । 

undefined

Advertisement