गोर्खाज फाइनान्सको साधारणसभा चैत २ गते, यस्ता छन् एजेन्डा

Advertisement

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको वार्षिक साधारणसभा चैत २ गते बस्ने भएको छ । 

सभा अनुपम फुडल्याण्ड एन्ड ब्यांकेट, बत्तीसपुतली, काठमाडौंमा दिउँसो १ बजे सुरु हुनेछ । 

Advertisement

सभामा गत आर्थिक वर्ष २०७९/०८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुने बताइएको छ । साथै, चालू आवका लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नेलगायतका एजेन्डा छन् । 

त्यस्तै, पुँजी संरचना परिवर्तन गरी संस्थापक समूहको ५१ र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम गर्ने प्रस्ताव सभामा पेस हुनेछ । 

सभा प्रयोजनार्थ कम्पनीले फागुन १८ गते बुकक्लोज गरिसकेको छ । फागुन १७ गतेसम्म नेप्सेमा कायम रहेका शेयरधनीले सभामा भाग लिन सक्नेछन् । 

Advertisement

Advertisement