सरकार र लघुवित्त तथा मिटरब्याज पीडितबीच पुनः नयाँ सहमति, जाँचबुझ आयोग बनाइने

Advertisement

काठमाडौं । सरकार र आन्दोलनरत लघुवित्त तथा मिटरब्याज पीडितबीच चार बुँदे सहमति भएको छ । उनीहरुबीच यसअघि पनि सरकारले सहमति गरेको थियो । 

गृह मन्त्रालयमा सोमबार भएको वार्तामा मिटरब्याज पीडितको समस्या समाधानका लागि फेरि तीन महिनाभित्र जाँचबुझ आयोग गठन गर्ने सहमति भएको छ ।

Advertisement

यसअघि पनि सरकारले मिटरब्याज पीडितको समस्या समाधानका लागि गौरीबहादुर कार्की नेतृत्वमा ३ सदस्यीय आयोग गठन गरेको थियो । 
गृहमन्त्री रवि लामिछाने नै मिटरब्याज पीडितसँग छलफलमा बसेका थिए ।

छलफलमा भने, ‘मैले पहिले पनि संसद्‍मा कुरा उठाएको थिएँ, उहाँहरुको एक–एक मिनेट धेरै हो भनेको थिएँ । पीडितलाई न्याय दिनका लागि मेरो तर्फबाट आवश्यक निर्देशन दिएको थिएँ । वार्ता टोलीका संयोजकज्यू र सदस्यहरु पनि प्रतिबद्ध हुनुहुन्थ्यो ।’

लामो समय यात्रा गरेर काठमाडौंसम्म आउनुपर्ने अवस्था समेत सिर्जना हुनु नहुने भन्दै उनले यद्यपि, सहमति भएको बताए । मिटरब्याजबाट पीडितहरुले पूर्ण न्याय पाएका दिनलाई उत्सवका रुपमा मनाउने छौं भन्दै यो संघर्ष लामो छ भने । सहमतिबाट यसबाट सुरुवात भएको उनको भनाई छ । 

वर्षौंदेखि जकडिएको समस्या समाधानका लागि सरकारले दरिलो कदम चालेको लामिछानेले बताए । उनले सम्झौतामा भएका बुँदाहरुसँग सरकार प्रतिबद्ध रहने बताए । 

योसँगै मिटरब्याज पीडितले ४२ दिनदेखि गरिरहेको आन्दोलन स्थगित भएको छ । मिटरब्याज पीडितका लागि भन्दै पूर्वबाट कुशवाहको नेतृत्वमा ५०० र पश्चिमबाट निर्ग नवीनको नेतृत्वमा २०० जना पीडित पैदल यात्रा गरेर राजधानी काठमाडौंसम्म आएका थिए । 

undefinedundefined

Advertisement