प्रहरी संगठनको उच्च तहमा सही व्यक्तिको छनौट

Advertisement

काठमाडौं । नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) पदमा सिफारिस भएका प्रहरी नायव महानिरीक्षक (डीआईजी) भीमप्रसाद ढकाललाई अहिले बधाई र शुभकामना स्वीकार गर्न भ्याईनभ्याई छ । 

नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारीमा समेत रहेका ढकालको छनौटलाई सरकारको सही निर्णयको रुपमा धेरैले प्रसंशा पनि गरेका छन् । उनी पहिलेदेखि नै कुशल र सक्षम प्रहरी अधिकृतको रुपमा चिनिदै आएका प्रहरी अधिकृत हुन् । बढुवा समितिले सोमबार ढकालसहित अर्का डीआईजी उमेश जोशीलाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको हो । 

Advertisement

नेपाल प्रहरीले सम्पादन गरेका जनसरोकारका काम कारबाहीलाई यथार्थ तथा तथ्यगतरुपमा सञ्चारमाध्यममा सम्प्रेषण गर्ने जिम्मेवारी पाएका ढकाल यसअघि यसअघि कर्णाली प्रदेश प्रहरीको प्रमुखकोरुपमा कार्यरत थिए । 

कर्णालीको प्रमुख हुँदा र उपत्यका ट्राफिक प्रहरी प्रमुख हुँदा महत्वपूर्ण भूमिका निर्वाह गरेका उनले मधेस आन्दोलनदेखि तराईका रौतहट, सुनसरी, झापालगायतका जिल्लाको सफलतापूर्वक कमाण्ड समालेका थिए । अहिलेसम्म कुनै पनि विवादमा नरहेका उनले त्रिभुवन विमानस्थलको प्रमुखको रुपमा रहँदासमेत विवादमा आउने काम गरेनन् । 

एआईजीका लागि सिफारिस ढकालले उपत्यका ट्राफिक प्रहरी प्रमुख हुँदा उल्लेख्य सुधार गर्न सफल भएका थिए । सोही कारण उनको अहिले पनि चर्चा हुने गरेको छ । ढकालकै समयमा ट्राफिक लाइट जडान गर्नेदेखि अनलाइनमार्फत निवेदन दिनसक्ने सुविधा सुरु गरेका थिए । सवारी साधन वा सोसँग सम्वन्धित कागजाज हराउँदा ट्राफिक कार्यालयसम्म आएर निवेदन दिनुपर्ने बाध्यता ढकालले अन्त्य गरेका थिए । 

उनकै पालामा अनलाइनमार्फत नै चालकहरुले जरिवाना बुझाउनसक्ने सुविधा पनि सुरु गरेका थिए । ट्राफिक सुधारसम्वन्धी एकीकृत कार्ययोजना बनाएर लागू गर्ने काम ढकालले गरेका थिए । हालसम्मका उपत्यका ट्राफिक प्रमुखहरुमा उनको कार्यकाललाई महत्वपूर्ण प्रगति भएको समयको रुपमा हेरिन्छ । 

त्यस्तै, त्रिभुवन विमानस्थलमा हुँदा पनि अवैध चौधरी पैठारी र अवैध नियन्त्रणमा महत्वपूर्ण भूमिका खेलेर विवादमा नपरी बाहिरिएका ढकालले कर्णालीमा रहँदा उल्लेख्य काम गरेका थिए । उनले सुरक्षित कणाली विशेष अभियान नै सञ्चालन गरेर कर्णालीवासीको मन जित्ने काम गरेका थिए । 

यस अभियानअन्तर्गत घरघरमा प्रहरीको सम्पर्क नम्बर उल्लेखित स्टिकर टाँस्ने काम भएको थियो । कर्णालीका अधिकांश घरहरुमा यस्तो स्टिकर टाँसिएको छ । त्यस्तै, प्रत्येक कार्यालयमा नागरिक सहजकर्ता अभियान, पीडित सहायता कार्यक्रम, लागूऔषधिविरुद्ध लालटिन अभियान, यात्रुमैत्री अभियान जस्ता अभियान सञ्चालन गरेर चर्चामा आएका डीआईजी भीम ढकाल व्यवसायिक, इमान्दार, उत्कृष्ट कार्यसम्पादन गर्नसक्ने, समन्वय गर्न सिपालु अधिकृतका रुपमा चिनिन्छन् । 

प्रहरी मुख्यालयमा रहेर प्रहरी महानिरीक्षक (आईजीपी)लाई सहयोग गर्दै आएका ढकालले एआईजीमा बढुवा भएपछि संगठन र आफ्नो छबीलाई माथि उठाउन भूमिका कसरी निर्वाह गर्छन् ? त्यो भने हेर्न बाँकी छ । 

Advertisement

Advertisement