राजस्व विभागद्वारा ५४ करदातालाई १५ दिनभित्र कर तिर्न निर्देशन, कारोबार रोक्कादेखि नेपालबाहिर जान प्रतिबन्ध

Advertisement

काठमाडौं । आन्तरिक राजस्व विभाग कलंकी शाखाले करदातालाई कर तिर्न निर्देशन दिएको छ । 

विभागले कलंकीमा दर्ता भई लामो समयदेखि मूल्य अभिवृद्धि कर तथा आयकर नतिरेका ५४ व्यक्ति तथा संघसंस्थालाई १५ दिनभित्र रकम दाखिल गर्न निर्देशन दिएको हो । साथै, दाखिला गरेको भए सोको प्रमाण पनि पेस गर्न आग्रह गरेको छ । 

Advertisement

१५ दिनभित्र कर नतिरेमा मूल्य अभिवृद्धि कर ऐन–२०५२ अनुसार व्यावसायिक कारोबार रोक्कादेखि नेपालबाहिर जानसमेत रोक लगाएर बक्यौता असुल गरिने विभागले चेतावनी दिएको छ । 

undefined

Advertisement

Advertisement