पपुवा न्युगिनीलाई  ८५ रनले हराउँदै नेपाल फाइनलमा

Advertisement

काठमाडौं । हङकङमा जारी त्रिकोणात्मक टी–२० आई सिरिजमा नेपाल पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै फाइनलमा प्रवेश गरेको छ । नेपाल २ खेलमा ३ अंकका साथ शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो ।

जितको लागि १९९ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनी १६।१ ओभरमा ११३ रनमा अल आउट भयो । पपुवा न्युगिनीका हिरी हिरीले १९ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक २८ रन बनाए । टोनी उरा १३ र सेसे बाउ २१ रनमा आउट भए । अन्य ब्याटरले औसत प्रदर्शन मात्रै गर्न सके । 

Advertisement

यता,नेपालका कुशल भुर्तेलले ४ ओभरमा १२ रन खर्चेर ४ विकेट लिए । प्रतिश जिसीले ४ ओभरमा ४० रन खर्चेर २ विकेट लिए । गुलशन झा र आकाश चन्दले एक–एक विकेट लिए ।

त्यसअघि मोगं कोगंमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १९८ रन बनाएको थियो । नेपालको जितमा कुशल भुर्तेलले ३९ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ५९ रनका थिए ।

पपुवा न्युगिनीले केही समयपछि आज नै हङकङसँग नै खेल्दैछ । जसको विजेताले बुधबार नेपालसँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

Advertisement

Advertisement