धितोपत्र बोर्डको अध्यक्ष बन्न बीमा प्राधिकरणका पूर्वअध्यक्षसहित चार जनाको आवेदन

Advertisement

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्न बीमा प्राधिकरणका पूर्वअध्यक्ष सहित चार जनाले आवेदन दिएका छन् ।

बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईंले बोर्ड अध्यक्ष बन्नका लागि पहिलो आवेदन दिएका छन् ।

Advertisement

त्यस्तै, धितोपत्र कार्यकारी निर्देशकद्वय डा.नवराज अधिकारी र कृष्ण पोखरेलले पनि सो पदका लागि आवेदन दिएका हुन् ।

त्यसैगरी आवेदन दिनेमा नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर शिवराज श्रेष्ठ पनि छन् । 

Advertisement