बुद्ध एयरले हरेक वर्ष ३ लाख राशिको ‘स्व. सुरेन्द्रबहादुर बस्नेत पुरस्कार’ प्रदान गर्ने

Advertisement

काठमाडौं । बुद्ध एयरले हरेक दुई वर्षमा नेपालमा कानून तथा न्यायको क्षेत्रमा सुधार, अन्वेषण लगायत विशिष्ट योगदान पुर्याउने व्यक्तिलाई ‘स्व. सुरेन्द्रबहादुर बस्नेत पुरस्कार’ प्रदान गर्ने भएको छ ।  

यस सम्बन्धी सम्झौतामा बुद्ध एयर प्रालिका कार्यकारी अध्यक्ष वीरेन्द्र हादुर बस्नेत तथा सर्वोच्च अदालत बार एसोसिएसनका सचिव अधिवक्ता श्यामकुमार खत्रीले आज हस्ताक्षर गरेका छन् ।  

Advertisement

उक्त पुरस्कारका लागि बुद्ध एयरले रु. २५ लाखको अक्षय कोषको स्थापना गरेको छ । यसबाट प्राप्त हुने ब्याज रकमबाट हरेक दुई वर्षमा एक जना व्यक्तिलाई सम्मान गरिनेछ । बुद्ध एयरले पहिलो वर्षका लागि थप रु. पाँच लाख रकम पनि प्रदान गरेको छ । 

सर्वोच्च अदालत बार एसोसिएसनले ‘क’ वर्गका बैङ्कहरुमध्ये बढीभन्दा बढी ब्याजदर प्रदान गर्ने बैङ्कको मुद्दती खातामा रकम जम्मा गर्नेछ । यसबाट प्राप्त हुने ब्याज रकम मध्ये ३,००,००० पुरस्कार राशिको पुरस्कार प्रदान गरिने छ । 

स्व. सुरेन्द्रबहादुर बस्नेत बुध्द एयरका संस्थापक अध्यक्षका साथै सर्वोेच्च अदालतका पूर्वन्यायाधीश रहेका थिए । साथै उनले निर्वाचन आयोगको प्रथम प्रमुख आयुक्त तथा नेपाल प्रेस काउन्सिलको संस्थापक अध्यक्ष रहेका थिए । उनले विभिन्न समयमा नेपाल सरकारको मन्त्री तथा विभिन्न आयोगका अध्यक्ष भएर पनि सेवा पुर्याएका थिए । 

Advertisement