प्रधानमन्त्री दाहालले पाए विश्वासको मत, विपक्षमा १ सय १० मत

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत पाएका छन् । 

दाहालले प्रतिनिधिसभाका १५७ जनाको समर्थन पाएका छन् भने ११० जनाले विपक्षमा मत दिए । १ जना तटस्थ रहे ।

Advertisement

प्रतिनिधि सभाका २६८ जनाले मतदान गरेका थिए । 

प्रधानमन्त्री दाहालले यही फागुन २१ गते नयाँ सत्तागठबन्धन बनाएपछि उनलाई समर्थन गरेको दल नेपाली कांग्रेसले समर्थन फिर्ता लिएको थियो । 

सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएपछि पुनः विश्वासको मत लिनुपर्ने कानुनी प्रावधान छ । प्रतिनिधिसभाको अर्को बैठक आगामी चैत १ गते ११ बजे बस्नेछ ।

Advertisement