‘स्वर्गीय बाबु छिरी शेर्पा स्मारक ओपन स्पोर्ट क्लाइम्बिङ’ प्रतियोगिताको उपाधी  तेन्जिङ र सिर्जनालाई

Advertisement

काठमाडौं । पहिलो पटक आयोजित ‘स्वर्गीय बाबु छिरी शेर्पा स्मारक ओपन स्पोर्ट क्लाइम्बिङ’ प्रतियोगिता सम्पन्न भएको छ । 

बौद्धस्थित क्रिम्पान्जी एडभेन्चर हबमा सम्पन्न उक्त प्रतियोगितामा पुरुषतर्फ तेन्जिङ राई र महिलातर्फ सिर्जना तामाङ प्रथम भएका छन् । उनीहरुले नगद ५० हजार प्राप्त गरेका छन् । त्यस्तै, दोस्रो र तेस्रो क्रमशः पुरुषतर्फ रौनक उप्रेती र साजन लामा भए । यसैगरी महिलातर्फ दोस्रो र तेस्रो स्थान क्रमशः स्वस्तिका चौधरी र प्रेरणा राई भइन् । उनीहरुले क्रमशः ३० हजार र  १५ हजार रुपियाँ नगद पुरस्कार प्राप्त गरे । 

Advertisement

सोलुदुधकुण्ड नगरपालिका नगर प्रमुख नाम्गेल जाङबु शेर्पाले विजेताहरुलाई नगद पुरस्कार हस्तान्तरण गरेका थिए । उक्त प्रतियोगिता पर्वतीय खेलकुद संघ र सगरमाथा आरोही संघले संयुक्त रूपमा आयोजना गरेको हुन् । 

यस किसिमको प्रतियोगिताले साहसिक पर्वतीय खेलकुदलाई प्रवर्द्धन गर्न महत्वपूर्ण सहयोग पुग्ने पर्वतीय खेलकुद संघका अध्यक्ष ङवाङ नीमा शेर्पाले बताए । साथै प्रतियोगिता हरेक वर्ष निरन्तर रुपमा आयोजना गर्ने समेत जानकारी दिए ।

undefinedयस प्रतियोगीतालाई नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक संघले प्राविधिक सहयोग (रुट सेटिङ, जजिङ, सुरक्षा, र बेले सर्भिस) प्रदान गरेको थियो । प्रतियोगिताको मुख्य निर्णायक छिरिङ जाङबु शेर्पा, निर्णायक ज्याम्चाङ भोटे, निर्णायक पिम्बा तेन्जिङ शेर्पा रहेका थिए । 

स्व. बाबुछिरी शेर्पालाई अहिलेसम्मकै महान पर्वतारोही मानिन्छ । १० औं पटक सगरमाथा शिखर चुमेका (चार पटक चीन तर्फबाट सहित) शेर्पा हिमालका सबैभन्दा बलिया आरोही एवं विश्वका प्रशिद्ध पर्वतारोहीका रूपमा चिनिन्छन् ।

वसन्त ऋतमा अक्सिजन बिना सगरमाथा शिखरमा २१ घण्टा भन्दा बढी समय बिताए (अझै पनि रेकर्ड कार्यम नै रहेको) र १६ घण्टा ५६ मिनेटमा दक्षिण तर्फबाट सगरमाथा छिटो आरोहण गरी उनले सगरमाथामा दुई विश्व कीर्तिमान राख्न सफल भएका थिए । 

undefined

सन् २००१ अप्रिल २९ तारिखका दिन सगरमाथा ११ औं पटक आरोहण गर्ने प्रयास गर्दा उनको निधन भएको थियो ।

Advertisement

Advertisement