सरकारले आठ महिनामा उठायो छ खर्ब ६१ अर्ब राजश्व, खर्च आठ खर्ब बढी

Advertisement

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको ८ महिना अर्थात फागुन मसान्तसम्म ६ खर्ब ६१ अर्ब राजश्व संकलन गरेको छ । 

महालेखा नियन्त्रण कार्यालयको तथ्याङ्क अनुसार गत आवको समीक्षा अवधि भन्दा ७.१३ प्रतिशत बढी राजश्व संकलन गरेको हो । गत आवको समीक्षा अवधिमा ६ खर्ब १७ अर्ब राजश्व संकलन गरेको थियो ।

Advertisement

चालु आवको ८ महिनामा करतर्फ ५ खर्ब ७८ अर्ब, गैरकरतर्फ ६० अर्ब ३७ करोड, ग्रान्ट्सतर्फ २ अर्ब ७५ करोड र अन्य २२ अर्ब २ करोड संकलन भएको छ ।

त्यस्तै यो ८ महिनामा ८ खर्ब १ करोड खर्च भएको छ । अघिल्लो वर्षको समीक्षा अवधिभन्दा २२ अर्ब बढी खर्च भएको हो । 

चालुतर्फ ५ अर्ब ८२ अर्ब, पूँजीगततर्फ ८१ अर्ब २१ करोड र वित्तीय व्यवस्थापनतर्फ १ अर्ब ३८ अर्ब खर्च भएको महालेखाको तथ्याङ्कमा उल्लेख छ ।

undefined    
 

Advertisement

Advertisement