हिमालयन हाइड्रो एक्स्पो उद्घाटन, उर्जामा थप लगानी हुने पौडेलको आशा

Advertisement

काठमाडौं । जलविद्युत क्षेत्रमा लगानी प्रवद्र्धन गर्ने उद्देश्यले उर्जा उत्पादकहरुको संस्था इप्पानले गर्दै आएको उर्जासम्वन्धी मेला ‘हिमालयन हाइड्रो एक्स्पो’को आज बिहीबार उद्घाटन भएको छ । 

यो हिमालय हाइड्रो एक्स्पोका चौंथो संस्करण हो । मेलाको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गरे । उनले नेपाल विद्युत आयात गर्ने देशबाट निर्यात गर्ने देशको रुपमा परिणत हुनु महत्वपूर्ण रहेको भन्दै नेपालले १० वर्षभित्र १० हजार मेगावाट विद्युत छिमेकी भारतमा बिक्रीको लागि बजार खुला गरिसकेकोले यस क्षेत्रमा थप लगानी हुने विश्वास व्यक्त गरे । 

Advertisement

पौडेलले भने, ‘सरकारको सहजीकरण र समन्वय तथा निजी क्षेत्रको संलग्नताबाट विद्युत उत्पादनको लागि राखिएका लक्ष्य हसिल हुन सम्भव छ ।’ 

ऊर्जा जलस्रोत तथा सिचाई मन्त्री शक्ति बस्नेतले जलविद्युत विकासको प्रचुर सम्भावना रहेको नेपालको उन्नतीको महत्वपूर्ण आधार रहेको बताए । उनले ‘आगामी १२  वर्षभित्र २८ हजार सात सय मेगावाट विद्युत उत्पादन गर्ने कार्ययोजना सरकारले ल्याएको र यो महत्वाकाक्षीजस्तो देखिए पनि यथार्थ र आवश्यकतामा आधारित भएर गरिएको’ बताए । 

लगानीको लागि देशभित्रको स्रोत मात्र होइन, वैदेशिक लगानी ल्याउनुपर्ने आवश्यकता रहेको बस्नेतले बताए । अहिले संसदमा दर्ता भइ दफाबार छलफलमा रहेको विद्युत विद्येयक चाँडो भन्दा चाँडो पारित भइ कार्यान्वयनमा आउने उनले बताए । 
 

Advertisement