सिटिजन्स बैंकद्वारा ६० जना कर्मचारी दीर्घसेवा पदकले सम्मानित

Advertisement

काठमाडौं । सिटिजन्स बैंकले १० वर्ष र १५ वर्ष सेवा गरेका कर्मचारीलाई दीर्घसेवा पदकले सम्मान गरेको छ ।

१७ वर्ष अगाडि २०६४ साल वैशाख ७ गते ४३ जना कर्मचारी बाट विधिवत बैंकिङ सेवा सुरु गरेको यस बैंकले बैंकमा अविरल १० वर्ष र १५ वर्ष सेवा प्रवाह गरेका कर्मचारीहरुलाई दीर्घसेवा सम्मान गरेको छ ।

Advertisement

आज बैंकले कर्मचारीको दिनको रुपमा मनाउँदै आएको छ । बैंकले १७ औं वर्ष पूरा गरी १८औं वर्षमा प्रवेश गर्न थालेको उपलक्ष्यमा एक महिने बार्षिक उत्सव सम्बन्धी कार्यक्रमहरु आयोजना गरेको छ । वैशाख ७ गते बैंकको वार्षिक उत्सव हो ।

बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा आज आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले १० वर्ष सेवा प्रवाह गरेका ४५ जना र १५ वर्ष सेवा प्रवाह गरेका १५ जनासहित ६० जना कर्मचारीलाई क्रमशः १० ग्राम र १५ ग्राम स्वर्णपदक तथा प्रमाणपत्र सहित ‘दीर्घ सेवा सम्मान’ प्रदान गरेका हुन् ।

बैंकमा हाल करिव १७ सय ८० कर्मचारीहरु कार्यरत रहेका छन् । बैंकले १९० वटा शाखा, १५३ वटा ए।टि।एम। र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट सेवाहरु प्रदान गर्दै आएको जनाएको छ ।

Advertisement