सभामुखले बोल्न समय दिएर अघि बढेका गृहमन्त्री लामिछानेलाई कांग्रेस साँसदले छेके

Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधि सभाको दोस्रो बैठकमा पनि नाराबाजी गर्दै अवरोध जारी राखेका छन् । 

सभामुख देवराज घिमिरेले बोल्न समय दिएपछि अघि बढेका गृहमन्त्री रवि लामिछानेलाई कांग्रेस साँसदहरुले छेकेर अघि बढ्न दिएनन् । 
बैठक सुरु भएलगत्तै कांग्रेस सांसदहरू वेल घेराउ गर्न पुगेका थिए । कांग्रेस सांसदहरूको नाराबाजीबीच सभामुख घिमिरले लामिछानेलाई बोल्न समय दिए । 

Advertisement

त्यसपछि घिमिरेले आजको बाँकी कार्यक्रम कार्यसुचीबाट हटाउँदै अर्को बैठक जेठ १ गते बस्ने गरेर स्थगित गरे । 


 

Advertisement

Advertisement