सानिमा जीआईसीले २५ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्तावसहित बोलायो साधारणसभा

Advertisement

काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्सको वार्षिक साधारणसभा यही चैत २९ गते बस्ने भएको छ । 

सभा अमृतभोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । 

Advertisement

सभामा कम्पनीले चुक्ता पुँजीको २५ प्रतिशतले हुन आउने ५० करोड रुपियाँबराबरको हकप्रद शेयर जारी गर्ने प्रस्ताव पेस गर्नेछ । यद्यपि, कम्पनीले लाभांशसम्बन्धी कुनै प्रस्ताव पेस गरेको छैन । 

त्यस्तै, सभामा कम्पनीको गत आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ भने चालू आवका लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।


सभा प्रयोजनार्थ कम्पनीले चैत १५ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ चैत १४ गतेसम्म कायम सेयरधनीले सभामा सहभागी हुन पाउनेछन् । 

Advertisement