नेपाल लाइफद्वारा नयाँसालको क्यालेन्डर सार्वजनिक

Advertisement

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले विसं.२०८१ सालको  क्यालेन्डर सार्वजनिक गरेको छ । आज कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहका बीच क्यालेन्डर सार्वजनिक गरिएको हो । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले क्यालेन्डर अनावरण गरेका हुन् । कार्यक्रममा कम्पनीका उच्च व्यवस्थापन लगायत कम्पनीका कर्मचारीहरुकोे उपस्थिति रहेको थियो । बिदाको सूची पर्व, दिवस, पञ्चांग तिथि, तारिख समावेश गरि क्यालेन्डर सार्वजनिक गरिएको हो । 

Advertisement

यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले सम्पूर्ण ग्राहकहरु, कम्पनीको मेरुदण्डका रूपमा रहेका बीमा अभिकर्ताहरु, मार्गनिर्देशन प्रदान गर्ने संचालकहरु, आरोह अवरोहमा सदैव साथ दिने कर्मचारीहरु, माया, स्नेह प्रदान गर्नुहुने शेयरधनीहरु, नेपाल बीमा प्राधिकरण,अन्य नियामक निकायहरुका साथसाथै नेपालकै सर्वाधिक विस्वासिलो जीवन बीमा कम्पनीको रूपमा स्थापित गर्न अतुलनिय भूमिका खेल्ने सबै सरोकारवालाहरुलाई नयाँ वर्ष २०८१ को अग्रीम शुभकामना समेत व्यक्त गरे । 

आगामी दिनहरुमा कम्पनीलाई थप सशक्त बनाउनका निम्ति नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहकहरुको सेवाको गुणस्तरियतालाई थप प्रभावकारी बनाउन कम्पनीले समय सुहाँउदो योजना ल्याउने बताए ।  यसका साथै सम्पूर्ण सरोकारवालाहरुको अपेक्षालाई पूरा गर्न कम्पनी दत्त चित्त भएर लागि पर्ने कुरा व्यक्त गरे ।  

कम्पनीको २०८० पुस मसान्त सम्ममा लगानी रु. १८७.२८ अर्व रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १८३.६५ अर्व रुपियाँ र शेयरधनी कोष १० अर्व ३३ करोडभन्दा बढी रहेको छ । कम्पनीले आफ्ना सेवाग्राही तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना ७ वटा प्रादेशिक कार्यालय, १ वटा उप-प्रादेशिक कार्यालय र १८५ वटा शाखा÷उपशाखाहरु मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । साथै कम्पनीले हालसम्म रु २४४.२९ अर्व रुपैया बीमा शुल्क आर्जन गरेको छ । 


 

Advertisement