राशिफलः आज (चैत्र ४) तपाइँको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०८० साल चैत महिनाको ४ गते आइतबार, फाल्गुन शुक्लपक्षको अष्टमी तिथि । आज फागुपूर्णिमाको लिङ्गो ढड्याउने यानेकी चीर उठाउने गरिन्छ । आजबाट होली आरम्भ । 

मेष 
क्यालकुलेटिभ दिमाग हुने छ । पेशागत जीवन तथा ब्यापार बिजनेशमा भने अबरोधहरु उत्पन्न हुन जाने छन् । धन, सम्पत्ति तथा वित्तिय अवस्थाहरु नोक्सान हुन जाने भएकाले यसबारेमा संवेदनशिल रहँदा जोगिन सकिने छ । शेयर बजारबाट राम्रो प्रतिफल प्राप्त हुने छ ।

Advertisement

वृष 
भाग्यको साथ रहेकाले पेशागत जीवन, ब्यापार बिजनेश तथा कमाईमा बृद्धि हुने छ । रिस कडा हुने भएकाले झगडालु स्वाभाव बन्न पुग्ने छ, त्यसैले सतर्क रहेर मात्र अघि बढ्नु होला । साझेदारीमा गरिएका कामहरुमा नकारात्मकता थपिने छ । शेयर बजारको क्षेत्र अनुकुल नै रहने देखिन्छ । 

मिथुन 
नेतृत्वको अवसर प्राप्त हुने छ । आत्मबल बलियो हुने भएकाले कार्य सफतलतातर्फ जाने छन् ।  ब्यक्तित्वमा दृढता आउने भए तापनि मनमा दुबिधा बढ्न पुग्ने छ । ब्यापार ब्यवसाय तथा पेशागत जीवनमा सफलता प्राप्त हुने छ । आम्दानीमा बढोत्तरी हुने छ । शेयर बजारतर्फको अग्रसरता सकारात्मक देखिन्छ ।

कर्कट
जीवनसाथिको सक्रियतामा अघि बढेमा भाग्य अभिबृद्धि हुने भएकाले फाइदा मिल्ने छ । प्रतिष्पर्धात्मक क्षमतामा बढोत्तरी हुने छ । दृढ व्यक्तित्व हुने छ तर रिस र घमण्डलाई नियन्त्रण गर्न जरुरी छ । घर परीवारका सदस्यहरुको भरोसा बढ्ने छ । शेयर बजारको क्षेत्रमा सोच विचार गरेर मात्र अघि बढ्दा उपयुक्त हुने छ ।

सिंह
पारीवारिक ब्यापार बिजनेश गर्नेहरुको हकमा अनुकुल समय छ । प्रतिष्पर्धात्मक क्षमताका कारण कसैसँग नझुक्ने ब्यक्तित्व हुने छ । भाग्यको साथ नरहनाले अपेक्षा गरिएका कार्यहरु अपेक्षित समयमा सन्पन्न हुने छैनन् । शेयरमा लगानी गर्दा सावधानी अपनाउनु पर्ने समय छ ।

कन्या
मनमा निराशा बढ्ने छ । पेशागत जीवनमा भने सफलता मिल्ने छ । आम्दानीमा बृद्धि हुने छ । न्याय, श्रम, इन्जिनियरिङ्ग, उद्योग, कलकारखाना क्षेत्रमा रहेकाहरुको पेशागत जीवनमा शुभ समय रहेको छ । त्यसैगरी ठेक्का पट्टा, घर घडेरी, जस्ता क्षेत्रमा सक्रियहरुलाई पनि फाईदा हुने समय छ ।

तुला 
साझेदारीमा विश्वास पैदा हुने छ भने यसले सकारात्मक प्रतिफल दिने छ । दाम्पत्य जीवनमा मधुरता उत्पन्न हुने छ । धन सम्पत्तिमा बृद्धि हुने छ । ब्यक्तित्वमा क्षिणपना आउने भएकाले निर्णय क्षमतामा कमि आउने छ । सामाजिक सेवामा रहेकाहरुलाई फाईदा मिल्ने छ । शेयर बजारमा धेरै जोखिम लिन मिल्ने समय छैन् ।

वृश्चिक
पेशागत तथा ब्यवसायिक जीवनमा सफलता प्राप्त हुने छ । कार्य थालिएका विषयहरु सफलतातर्फ उन्मुख हुने छन् । भाग्य बलियो छ । पारीवारप्रति समर्पित भएर काम गर्ने तथा पारीवारिक धन सम्पत्ति ब्यवस्थापन गर्ने तर्फ केन्द्रित हुने अवस्था रहेको छ । शेयर बजार क्षेत्र अनुकुल रहने देखिन्छ ।

धनु 
पेशागत जीवनमा अनुमान नगरीएका बाधा ब्यवधानहरु देखा पर्ने छन् । पारीवारिक सम्पत्तिको परिचालन गर्ने अवस्था आउने छ, जुन अनुकल रहने छ । धन सम्पत्तिमा सकारात्मकता थपिने भएता पनि साझेदारीमा गरिएका कार्यहरुमा भने बिबाद बढ्न सक्ने छ । छोटो छोटो यात्रामा जानु पर्ने हुन सक्छ । 

मकर 
छोटो छोटो यात्रा गर्ने योग छ । साझेदारीमा गरिएका कामहरुबाट प्रतिफल प्राप्त हुने छन् । ब्यवस्थापकीय खुबीमा बृद्धि हुने भएकाले पेशागत जीवनमा प्रगति हुने छ । नेतृत्व गर्ने थप जिम्मेबारी प्राप्त हुने छ । भाग्यको साथ नभएकाले धार्मिक आध्यात्मिक चिन्तनलाई बढाएमा फाइदा मिल्ने छ । शेयर बजारबाट फाइदा मिल्ने सम्भाबना बलियो छ ।

कुम्भ 
भाग्यको बलियो साथका कारण आम्दानीमा बृद्धि हुने छ । मनले गरेका संकल्पहरु तथा चाहेका सपनाहरु पुरा हुने तर्फ जाने छन् । दुबिधात्मक ब्यक्तित्व देखा पर्ने छ । मनोबलमा कमि आउने छ । घर, जग्गाको क्षेत्रमा संलग्नहरुमा अन्योलता छाउने छ ।

मीन
पेशागत तथा ब्यवसायिक क्षेत्रमा नोक्सानी ब्योहर्नु पर्ने छ । यस विषयले मनमा निराशा बढाउने छ । साझेदारीमा गरिएका कामहरुबाट भने आम्दानी दिने छ । आफ्नो जीवनसाथिको साथले अघि बढेमा नोक्सानीबाट बच्नुका साथै आम्दानीमा केही बृद्धि हुन जाने छ । शेयर बजार प्रतिकुल रहन जाने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement