छ लाख कित्ता संस्थापक शेयर बिक्री गर्दै निफ्रा

Advertisement

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले शेयरधनी बोधप्रसाद त्रिपाठीको नाममा रहेको ६ लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । 

यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले आज (चैत ४ गते) बाट ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । 

Advertisement

बैंकको रजिस्टर्ड कार्यालय, बानेश्वर काठमाडौंमा खरिद गर्न चाहेको शेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ । शेयरमूल्य भने बिक्रेताले तोकेबमोजिम हुने सूचनामा उल्लेख छ । 

उक्त समयमा संस्थापक शेयरधनीले शेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।

Advertisement

Advertisement