नेपाल डिजिटल पेमेन्ट्स कम्पनीको अध्यक्षमा उपाध्याय नियुक्त

Advertisement

काठमाडौं । नेपाल डिजिटल पेमेन्ट्स कम्पनी (एनडीपीसी) को अध्यक्षमा झबिन्द्रलाल उपाध्याय नियुक्त भएका छन् । फागुन २४ गते बसेको ६३औं बोर्ड बैठकले उपाध्यायलाई एनडीपीसीको अध्यक्षमा नियुक्त गरेको हो ।

नवनियुक्त अध्यक्षले गत फागुन ३० गते नै पद तथा गोपनियताको शपथ ग्रहण गरिसकेका छन् । उनले नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टबाट शपथ ग्रहण गरेका हुन् ।

Advertisement

अध्यक्ष उपाध्यायले वित्तीय समावेशीकरण र आर्थिक सशक्तिकरणमा नेपाल डिजिटल पेमेन्ट्स कम्पनीको पहलहरूले आफू उत्साहित भएको बताए ।

नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले नेपाल डिजिटल पेमेन्ट्स कम्पनीद्वारा शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो । आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्न यस वालेट सेवाको उद्देश्य रहेको छ ।

Advertisement

Advertisement