बिमस्टेक सार्कको प्रतिस्थापन हुन सक्दैनः परराष्ट्रमन्त्री श्रेष्ठ

Advertisement

काठमाडौं । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विमस्टेकले सार्कलाई प्रतिस्थापन नगर्ने बताएका छन् । भारतले सार्कलाई उपेक्षा गरेर बिमस्टेकलाई अघि बढाउन खाजेको बेला श्रेष्ठको यस्तो भनाई आएको हो । 

सोमवार प्रतिनिधि सभा बैठकमा बिमस्टेक वडापत्रमाथिको छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री श्रेष्ठले सार्कको सट्टामा विमस्टेकलाई स्वीकार गरिएको होइन भनि प्रष्ट पारे । उनले विमस्टेक सार्कको प्रतिस्थापन हुन नसक्ने स्पष्ट पारे । 

Advertisement

सार्कको औचित्य र आवश्यकताका बारेमा नेपालको दृष्टिकोण र धारणा कायम रहेको बताउँदै श्रेष्ठले सार्कलाई पुनः क्रियाशील बनाउन सरकारले प्रयत्न गरिरहेको पनि बताए । उनले भने, ‘सार्कको औचित्य र आवश्यकताका बारेमा नेपालको दृष्टिकोण र धारणा कायम छ । बिमस्टेक सार्कको प्रतिस्थापन हुन सक्दैन । सार्कको सट्टामा बिमस्टेकको रुपमा हामीले यसलाई स्वीकार गरेका होइनौँ । हामीले यस रुपमा लिदैनौँ । सार्कको महत्व आफ्नो ठाउँमा छ ।’ 

श्रेष्ठले थपे, ‘सार्कलाई पुनः क्रियाशील गराउन र यसको सम्मेलनको आयोजना गर्न सरकारले गरिरहेको प्रयत्नलाई अझ प्रभावकारी रुपमा अगाडी बढाउन सरकार लागिपर्ने विश्वास सदनलाई दिन चाहन्छु । सार्कको औचित्य र आवश्यकता अनि महत्वलाई विमस्टेकले प्रतिस्थापन गर्न सक्दैन भन्ने सरकारको स्पष्ट दृष्टिकोण छ । सार्कलाई क्रियाशील बनाउन, सम्मेलन आयोजना गर्न पहल र प्रयत्नलाई अगाडी बढाउन हामी सम्पूर्ण प्रयत्न गर्ने विश्वास स्पष्ट पार्न चाहन्छु ।’

उनले बिमस्टेकबाट नेपालले लाभ प्राप्त गर्नेगरी अगाडी बढ्ने कुरामा सरकार सकारात्मक रहेको मन्त्री श्रेष्ठले बताए । 

Advertisement

Advertisement