बीआरआई दक्षिण एशियाको आर्थिक परिदृश्यलाई आकार दिने महत्वपूर्ण साधन होः गृहमन्त्री

Advertisement

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले चीनले अगाडि सारेको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बीआरआई) अवधारणा दक्षिण एशियाको आर्थिक परिदृश्यलाई आकार दिने महत्वपूर्ण साधन भएको तर्क गरेका छन् । 

सिल्क रोड इन्टरनेसनल थिङ्क ट्याङ्क एक्स्चेन्ज सेन्टर, चीनको बेइजिङ भाषा तथा साँस्कृतिक विश्वविद्यालय र साइनो नेपाल मिडिया सोसाइटीले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा शनिबार उनले कनेक्टिभिटी, पूर्वाधार विकास र आर्थिक सहयोग अभिवृद्धिमा बीआरआईले जोड दिएको बताए । 

Advertisement

श्रेष्ठले बीआरआई नयाँ सम्भावना खोल्ने, व्यापारलाई सहज बनाउने र आर्थिक वृद्धिलाई प्रोत्साहन गर्ने माध्यम भएको बताए । उनले नेपाल–चीन सम्बन्ध सदियौँ पूरानो तथा पारस्परिक सम्मान, समझदारी र सहयोगमा आधारित रहेको उल्लेख गरे । श्रेष्ठले दुई देशबीचको सम्बन्ध कुटनीतिक र आर्थिक क्षेत्रमा मात्र नभई सांस्कृतिक र शैक्षिक क्षेत्रमा पनि प्रगाढ हुँदै गएको दावी गरे । 

मन्त्री श्रेष्ठले भने, ‘दक्षिण एशियाली क्षेत्रमा नयाँ सम्भावना खोल्ने, व्यापारलाई सहज बनाउने र आर्थिक वृद्धिलाई प्रोत्साहन गर्ने विषयलाई बीआरआईले परिकल्पना गरेको छ । नेपालजस्ता राष्ट्रका लागि यस्तो पहलले आर्थिक रुपान्तरण गर्न सहज हुनेछ । हालैका वर्षमा नेपाल–चीन सम्बन्धमा उल्लेखनीय प्रगति भएको छ, नेपालको सामाजिक–आर्थिक विकासमा सहयोग गर्ने चीनको प्रतिवद्धता अटल छ । बिआरआईले कनेक्टिभिटी बढाउने र आर्थिक सहयोगलाई प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ, यसबाट दुई राष्ट्रबीच सहकार्यका लागि नयाँ ढोका खुलेको छ ।’

उनले सडक, पुल र ऊर्जालगायत ठूला परियोजनाबाट बढाइएको ‘कनेक्टिभिटी’ले द्विपक्षीय सम्बन्धलाई बलियो बनाएको बताए । 

Advertisement

Advertisement