मधेस पुगेर लिङदेनले भने– क्षेत्रीयता र जातको कुरा गरेर जनताले अब विश्वास गर्ने अवस्था छैन

Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपाबाहेक अन्य सबै राजनीतिक दलहरु जनताको अग्नि परीक्षामा असफल भएको बताएका छन् । 

सोमवार जनकपुर विमानस्थलमा उनले नेपालमा जनताको भरोसा कुनै पनि राजनीतिक शक्तिमा नभएको भन्दै अन्य सबै राजनीतिक शक्तिहरु जनताको अग्नि परीक्षामा असफल भइसकेको बताए । लिङदेनले मधेसको नेतृत्व गर्ने पार्टीहरुले गएको १५ वर्षमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता लागू भएपछि मात्रै मधेसको नाममा मधेस केन्द्रित राजनीतिक दलहरुबाट ५० जना नेताहरु मन्त्री हुने मौका पाएको तर मधेसका जनताको लागि काम गर्न नसकेको बताए । 

Advertisement

मधेसले प्रधानमन्त्री बाहेक सबै मन्त्रालय प्राप्त गरे पनि जनताको पक्षमा केही नभएको लिङदेनको भनाई छ । उनले अब क्षेत्र र जातको कुरा गरेर जनताले विश्वास गर्ने अवस्था नभएको भन्दै  जनताको आशा राष्ट्रिय प्रजातन्त्र पार्टीतर्फ रहेको दाबी गरे । राष्ट्रिय प्रजातन्त्र पार्टीको विचार ठिक भएको भन्दै राप्रपाले जनतालाई विश्वास दिलाउन मेहनत आवश्यक रहेको बताए । 

लिङदेनले भने, ‘अहिले राष्ट्रिय प्रजातन्त्र पार्टी बाहेक नेपाली जनताको भरोसा अरु कुनै राजनीतिक शक्ति छैन । अन्य सबै राजनीतिक शक्तिहरु जनताको अग्नि परीक्षामा असफल भइसकेका छन् । गलत सावित भइसकेका छन् । मधेसको मात्रै कुरा गर्ने हो भने गएको १५ वर्षमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता लागू भएको डेढ दशकमा मधेसको नाममा मधेस केन्द्रीत राजनीतिक दलहरुबाट ५० जना नेताहरु मन्त्री हुने मौका पाए । मधेसले प्रधानमन्त्री बाहेक सबै मन्त्रालय प्राप्त गर्यो । एक सय १७ जना मानिसहरुले साहदत प्राप्त गरे । तर मधेसको अवस्था के छ तपाइँहरुलाई थाहा छ ?’ 

उनले थपे, ‘क्षेत्र र जातको कुरा गरेर जनताले विश्वास गर्ने अवस्था छैन । सबै जनताको आशा राष्ट्रिय प्रजातन्त्र पार्टीतर्फ छ । हाम्रो पार्टीको विचार ठिक छ । तर त्यसको लागि नेताकार्यकर्ताले मेहनत गर्नुपर्छ । हामी जनताको बीचमा जानुपर्छ । हाम्रो विचार व्यवहारमा परिवर्तन आउनुपर्छ । फरक ढङ्गले आएको र त्यहीअनुसार काम गर्छौं भनेर विश्वास दिलाउनुप¥यो । जिल्ला तहको नेतृत्वले कार्ययोजना बनाएर काम गर्नुस् । २७ गते काठमाडौं केन्द्रित जनप्रदर्शनको घोषणा गरेका छौं त्यसमा पनि तपाईहरुको व्यापक सहभागिता र सहयोग आवश्यक पर्छ ।’

लिङदेनले जिल्ला तहको नेतृत्वले कार्ययोजना बनाएर काम गर्न निर्देशन पनि दिए । उनले आगामी २७ गते काठमाडौं केन्द्रित जनप्रदर्शनको घोषणा गरेकाले मधेशबाट व्यापक सहभागिता र सहयोग आवश्यक रहेको बताए । 

Advertisement

Advertisement