रमेश कर्पले संस्थापक दिवसको अवसरमा गर्यो वृक्षारोपण कार्यक्रम

Advertisement

काठमाडौं । रमेश कर्पले सोमबार आफ्नो संस्थापक स्वर्गीय रमेश गुप्ताको जन्मजयन्तीको अवसरमा उनको स्मृति र सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धतालाई सम्मान गर्दै वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । 

हरेक वर्षझै संस्थापक दिवस स्वर्गीय गुप्ताको मूल्यमान्यतालाई स्मरण गर्दै, तिनै आधारभुत बिस्वासलाई प्रतिबिम्बित गर्ने गरी सामाजिक सेवा गरेर मनाउने गरिएको कम्पनीले बताएको छ ।

Advertisement

यसवर्ष चौथो स्थापक दिवस काठमाडौंको जगडोलमा वृक्षारोपण कार्यक्रम रमेश कोर्पका ६ आधारभूत मूल्यहरूः निष्ठा, अभियन्ता, साहस, गति, विश्वसनीयता र व्यावसायिकतालाई केन्द्रित गर्दै सम्पन्न गरियो ।

कार्यक्रमकै अवसरमा कम्पनीका अमुल्य कर्मचारीहरुको लगाव र कार्यकुशलताको उचित सम्मान पनि गरिएको थियो । जसले कम्पनीको मुल्य मान्यता र संस्कारलाई जिवित राख्न मद्धत गरेको कम्पनीले जनाएको छ ।
 

Advertisement

Advertisement