लाभांश प्रस्ताव पेस गर्न साल्ट ट्रेडिङको साधारणसभा बस्दै, बुकक्लोज कहिले ?

Advertisement

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको वार्षिक साधारणसभा चैत २३ गते बस्दैछ । 

सभामा कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने घोषणा गरेको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ छुट्याइएको ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ । 

Advertisement

साथै, गत आवको सञ्चालक समितिको वार्षिक प्रतिवेदन, नाफा नोक्सान र नगत प्रवाहलगायतका विषयमा छलफल हुनेछ। 

सभा र लाभांश वितरण प्रयोजनार्थ कम्पनीले शुक्रबार चैत ९ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, चैत ८ गतेसम्म कारोबार भई कायम रहेका शेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् । 

Advertisement

Advertisement