सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठले लिए सपथ

Advertisement

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका अध्यक्ष सुरेशलाल श्रेष्ठले पद तथा गोपनियताको सपथ लिएका छन । 

अध्यक्ष श्रेष्ठले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल समक्ष सपथ ग्रहण गरेका हुन् ।

Advertisement

सो सपथ ग्रहण समारोहमा प्राधिकरणका उच्च पदाधिकारी तथा कम्पनीको सञ्चालकहरुको उपस्थिति रहेको थियो । 

सञ्चालक समितिको गत सोमबारको बैठकले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको थियो । यसअघि कम्पनीको वार्षिक साधारण सभाबाट संस्थापक सेयरधनीहरूको प्रतिनिधित्व गर्दै सुरेशलाल श्रेष्ठ, पवनकुमार अग्रवाल, राहुल अग्रवाल, राजनकृष्ण श्रेष्ठ, सर्वसाधारण सेयरधनीहरूको तर्फबाट सुमित कुमार केडिया र प्रभुकृष्ण श्रेष्ठ सञ्चालक निर्वाचित भएका थिए । 

Advertisement