हकप्रद निष्कासनको प्रस्ताव पारित गर्न पिपुल्स हाइड्रोपावरले बोलायो साधारणसभा

Advertisement

काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको १६औं वार्षिक साधारणसभा चैत ३० गते बस्दैछ । 

सभाले हाल कायम चुक्ता पुँजीको २ः १ अनुपातमा हकप्रद शेयर निष्कासनको प्रस्ताव पारित गर्नेछ । साथै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरधनीहरुको तर्फबाट पाँच जना सञ्चालक चयन गर्ने काम पनि सभाले गर्नेछ । त्यसैगरी चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रम तोक्नेलगायतका प्रस्ताव पनि सभाले पारित गर्नेछ । 

Advertisement

कम्पनीले सभा प्रयोजनार्थ चैत १५ गते बुकक्लोज गर्ने भएको छ । तसर्थ, चैत १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

Advertisement

Advertisement