सनलाइफ क्यापिटलद्वारा दुई शैक्षिक संस्थामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

Advertisement

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सहायक कम्पनी सनलाइफ क्यापिटलले विश्व वित्तीय सप्ताह २०२४ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।  

बालबालिका र युवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले चण्डीआदर्श सरल माध्यमिक विद्यालय, चाकुपाट, ललितपुर र मल्पि इन्टरनेस्नल कलेज चक्रपथ, काठमाडौंमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । 

Advertisement

बुधबार चण्डी आदर्शसरल माध्यमिक विद्यालय आयोजना गरिएको कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थीहरुलाई वित्तीय बजार, धितोपत्र बजार सम्बन्धी जानकारी गराउनुको साथै लगानी गर्दा ध्यानदिनुपर्ने कुराहरु, इन्टरनेट लगायत अन्य सामाजिक संजालको प्रयोग गर्दा अपनाउनुपर्ने सतर्कताबारे विस्तृत जानकारी गराईयो । साथै सहभागि विद्यार्थीहरुको  वित्तीय बजार र  धितोपत्र बजार  सम्बन्धि सम्पूर्ण जिज्ञाशाहरु स्पष्ट गरियो ।  

त्यस्तै बिहीबार मल्पि इन्टरनेशनल कलेज,चक्रपथ, काठमाडौंमा बीबीएका विद्यार्थीहरुलाई बीमा क्षेत्र सम्बन्धि साक्षरता अभिवृद्धि गर्ने साक्षरता कार्यक्रम र  वित्तीय बजार, धितोपत्र बजारमा केन्द्रित हाजिरी जवाफ प्रतियोगिता आयोजना गरियो । जसमा विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको थियो ।
 

Advertisement