ग्रीन डेभलपमेन्ट बैंक र साल्ट ट्रेडिङ कर्पोरेशनको शेयर मूल्य समायोजन

Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा सूचिकृत दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ । 

यसैक्रममा ग्रीन डेभलपमेन्ट बैंकले शेयरधनीहरुलाई ३.८० प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. ३६२.५२ कायम गरिएको छ । यसअघि रु. ३७६.३० थियो । 

Advertisement

त्यस्तै साल्ट ट्रेडिङ कर्पोरेशनले शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. ४५६२.६१ कायम गरिएको छ । यसअघि रु. ५२४७ थियो । 

समायोजन गरिएको मूल्यबाट आगामी सोमबारदेखि दुबै कम्पनीको शेयर कारोबार शुरु हुनेछ । आइतबार होली पर्वको बिदाका कारण शेयर बजार बन्द रहने छ । 
 

Advertisement

Advertisement