माछापुच्छ्रे बैंकद्वारा सुदुरपश्चिमको शैलेश्वरी उच्च माविमा ८ वटा शौचालय निर्माण

Advertisement

काठमाडौं । माछापुच्छ्रे बैंकले  सुदुरपश्चिम प्रदेशको कैलाली जिल्ला, गोदावरी न.पा.वडा नं.०६, बडेहाँ स्थित श्री शैलेश्वरी उच्च माध्यामिक विद्यालय परिसरमा शौचालय निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको छ । 

बैंकले निर्माण गरेका ८ वटा शौचालयहरु आज विद्यालय व्यवस्थापन समिति एवम् विद्यालय प्रशासनलाई हस्तातरण गरिएको हो । उक्त शौचालय हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि गोदावरी नपा वडा नं.०६ का वडा अध्यक्ष जहरु साउदले बैंक ले कैलाली जिल्लाको सरकारी स्कुललाई सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे ।

Advertisement

कार्यक्रममा बैंकका महाप्रबन्धक प्रसिद्धराज अर्यालले बैंकले आफ्नो विद्यालय संचालनका लागि अति आवश्यक पर्ने शौचालयको असुविधाका कारण पठनपाठनमा समेत समस्या भईरहेको जानकारी पाए पश्चात शैलेश्वरी उच्च माध्यामिक विद्यालयको अवस्था अवलोकन गरी उक्त पूर्वाधारहरु निर्माण गरेको जानकारी गराउँदै भविष्यमा पनि अन्य यस्ता थुपै सामाजिक कार्यमा सहयोग गर्न बैंक सधै अग्रसर रहने प्रतिबद्धता व्यक्त गरे । 

त्यस्तै विद्यालय व्यवस्थपन समितिका अध्यक्ष खगराज पाठकले बैंकले आफ्नो विद्यालयप्रति गरेको सामाजिक कार्यको सराहना गर्दै यस्ता सहयोगले विद्यालय संचालनका लागि उत्प्रेरणा मिल्ने बताए ।  

१८०० भन्दा बढी विद्यार्थी र ३५ जना शिक्षक/कर्मचारी कार्यरत छन् ।  
 

Advertisement

Advertisement