बिनासूचना ९० दिनभन्दा बढी बिदा बस्ने कर्मचारीलाई भरतपुर महानगरपालिकाले गर्यो बर्खास्त

Advertisement

काठमाडौं । भरतपुर महानगरपालिकाले ९० दिनभन्दा बढी बिदा बस्ने कर्मचारीलाई सेवाबाट हटाएको छ । 

महानगरपालिकाको कृषि सेवा, मत्स्य समूह सहायक स्तर पाँचौं तह (प्राविधिक) पदमा कार्यरत स्थायी कर्मचारी नमराज जैसीलाई सेवाबाट हटाएको हो । 

Advertisement

जैसी बिनासूचना, बिनाजानकारी तथा बिदासमेत स्वीकृत नगराई पुस १ गतेदेखि लगातार ९० दिनभन्दा बढी कार्यालयमा अनुपस्थित रहेको महानगरपालिकाले जनाएको छ । सोही कारण स्थानीय सेवा गठन तथा सञ्चालन ऐन २०७९ को दफा ११८ (१) (ग) बमोजिम कसुर ठहर भएकाले सोही ऐनको दफा ११५ (ख) (१) बमोजिम उनलाई सेवाबाट हटाइएको हो । 

सेवाबाट हटाइए पनि भविष्यमा अन्य सरकारी सेवामा अयोग्य नठहरिने पनि महानगरपालिकाले जनाएको छ । 
 

Advertisement