श्रममन्त्री अर्यालद्वारा वैदेशिक रोजगार कार्यालय ताहचलको अनुगमन

Advertisement

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगार कार्यालय ताहाचलको अनुगमन गरेका छन् । बिहीबार साँझ मन्त्री आफैं ताहाचल पुगी कार्यालयको अनुगमन गरेका हुन् ।

कार्यालयमा पुगी मन्त्री अर्यालले श्रम स्वीकृतिको प्रक्रियाका बिषयमा कर्मचारीसँग जानकारी लिँदै श्रम स्वीकृति प्रदान गर्ने प्रक्रियाका समस्याको बिषयमा पनि कर्मचारीसँग सोधपुछ गरेका थिए । 

Advertisement

श्रममन्त्री अर्यालले श्रम स्वीकृति प्रक्रियालाई सहज र सरल बनाउन यसअघि नै निर्देशन दिएका थिए । मन्त्रीको निर्देशनपछि कार्यालयका २० वटा कम्प्युटर अपटेड गरिएको छ । कर्मचारीलाई तीन वटा सिफ्टमा काम गर्न लगाइएको छ ।
 
त्यस्तै, श्रम स्वीकृतिको प्रक्रियालाई सहज बनाउन पुन ः श्रम स्वीकृतिलाई एउटै तहले स्वीकृत गर्ने व्यवस्था मिलाउने मन्त्रालयले तयारी गरेको छ । 

हालको व्यवस्थाअनुसार संस्थागत श्रम स्वीकृतिका लागि १३ जना कर्मचारीले कागजपत्र प्रमाणीकरण गर्ने र सात जना कर्मचारीले स्वीकृत प्रदान गर्ने व्यवस्था छ । त्यस्तै, व्यक्तिगत श्रम स्वीकृति तर्फ १५ जनाले कागजपत्र प्रमाणीकरण गर्ने  र सात जना कर्मचारीले प्रमाणीकरण गर्ने व्यवस्था छ । तर, अब देखि व्यक्तिगत श्रम स्वीकृति तर्फ २२ जना कर्मचारीले नै श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था मिलाउने मन्त्रालयको तयारी छ । 

त्यस्तै, प्रत्येक कर्मचारीलाई श्रम स्वीकृतिको लागि निश्चित कोटा समेत तोकिने, बिदाको दिनमा पनि श्रम स्वीकृति प्रदान गर्ने, श्रम स्वीकृतिका लागि तोकिएका कोटा हटाइने मन्त्रालयको तयारी छ ।
 
यसका साथै दिउँसो एक बजेदेखि मात्रै टोकन वितरण गर्ने व्यवस्था गर्ने तयारी गरिएको छ । बिहान नौ बजेदेखि एक बजेको समयमा धेरै जनाले फेमिसको प्रयोग गर्दा सर्भर स्लो हुने भएकोले केही दिनका लागि सो अवधिमा टोकन वितरण नगर्ने व्यवस्था गर्ने तयारी गरिएको हो । 

हाल दैनिक एक हजार ५०० देखि दुई हजार श्रमिकले पुनः श्रम स्वीकृतिका लागि र एक हजार जनाले नयाँ श्रम स्वीकृतिको लागि आवेदन दिने गरेका छन् । कार्यालयले पनि सोही अनुपातमा दैनिक श्रम स्वीकृति प्रदान गर्दै आएको छ ।
 
कागजपत्र नपुगेका श्रमिकको हकमा भने तीन दिन भित्रका कागजपत्र बुझाएको अवस्थामा सोही टोकनलाई मान्यता दिइँदै आएको छ । तीन दिनभित्र कागजपत्र नबुझाएका नयाँ टोकन लिनुपर्ने व्यवस्था छ ।

Advertisement