प्रभु क्यापिटलले स्टार हस्पिटलमा गर्यो वित्तीय साक्षरता कार्यक्रम

Advertisement

काठमाडौं । विश्व वित्तीय सप्ताह २०२४ को अवसरमा प्रभु क्यापिटलले ललितपुरको सानेपामा रहेको स्टार हस्पिटलका चिकित्सकहरुबीच वित्तीय साक्षरता कार्यक्रम अन्तर्गत कार्यक्रम सम्पन्न गरेको छ । 

कार्यक्रममा स्टार हस्पिटलका अध्यक्ष किशोर मर्हजन, प्रमुख संचालक अधिकृत सन्देश जिसि लगायत कार्यसमितिका सदस्यहरुसमेत गरी करीब २२ जना चिकित्सकहरु सहभागिता रहेको थियो । 

Advertisement

उक्त कार्यक्रम प्रविधिक विशेषज्ञका रुपमा प्रभु क्यापिटलका प्रमुख लगानी अधिकृत दुर्गानन्द झाले संचालन गर्नु भएको थियो । कार्यक्रम अन्तर्गत चिकित्सा पेशामा व्यस्त रहेका चिकित्सकहरुले समेत निष्क्रिय रुपमा शेयर बजारमा लगानी गरी अधिकतम लाभ पाउन सकिने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको हो ।  

चिकित्सकहरुलाई लगानी सम्बन्धि जागरुकता, लगानीको विभिन्न अवसर र चुनौतीहरु तथा लगानी सम्बन्धित जोखिम व्यवस्थापनको विषयमा केन्दि«त रहि तालिम कार्यक्रम सम्पन्न गरेको हो । 
 

Advertisement

Advertisement