राशिफलः आज (चैत्र ११) तपाइँको पेशा, व्यवसाय, आर्थिक कारोबार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०८० साल चैत महिनाको ११ गते आइतबार, फाल्गुन शुक्लपक्षको चतुर्दशी तिथि, उप्रान्त पूर्णिमा तिथि । आज पहाडी क्षेत्रमा फागुपूर्णिमा अर्थात होली रहेको छ । आज चिर दाह तथा होलिका दहन गर्ने गरिन्छ । आज रङ्गहरुको पर्व उमङ्गका साथ होली खेल्ने गरिन्छ । 

मेष 
मेहनति र पराक्रमी स्वाभावमा बृद्धि हुने छ । शान्त किसिमको ब्यक्तित्व हुने छ । परिवारको साथका कारण कदर र प्रशंसा प्राप्त हुन पुग्ने छ । आम्दानीमा थोरै भए पनि बृद्धि हुन जाने छ । घर घडेरी, रियल स्टेट, सवारीसाधन, वाहन, सौन्दर्य प्रशाधन, सजावटका सामान जस्ता क्षेत्रमा आवद्धहरुका लागि समय केही सकारात्मक बन्ने छ । 

Advertisement

वृष 
पारीवारिक धन सम्पत्तिका विषयमा परिवारमा कटुता देखा पर्ने छ । भाग्य बलियो रहेकाले आई पर्ने कठिनाईहरुसँग जुध्ने तागत प्राप्त हुने छ । मनोबल उच्च रहने छ । जीवनसाथिको साथ लिएर अघि बढेमा आम्दानीमा बृद्धि हुने छ । पुस्तक कारोवार, प्रेस ब्यवसाय, स्टेशनरी, संचारमाध्यम, पत्रकारिता, बाचन पेशा, ब्युटिसियन जस्ता क्षेत्रमा सक्रियहरुले आम्दानी गुमाउनु पर्ने छ । 

मिथुन 
मनमा दृढता थपिने छ । भाग्यको बलियो छ । पेशागत र ब्यावसायिक जीवन अनुकुल रहने छ । आम्दानीमा बृद्धि हुने छ । औषधी आपूर्ति, सर्जरी, स्वास्थ्य क्षेत्र, अस्पतालजन्य सामान आपूर्ति, सौन्दर्य प्रशाधनका सामान, अस्पतालमा हुने उपचारजन्य सामान आपूर्ति गर्ने क्षेत्रमा संलग्नहरुलाई फाइदा पुग्ने देखिन्छ । 

कर्कट
भाग्यको बलियो साथ रहेको छ । व्यक्तित्व प्रभावशाली हुने छ । तर रिस पनि अत्याधिक कडा शैलीका हुने भएकाले रिस नियन्त्रण  गर्न सके मात्र ब्यक्तित्वको प्रभाव सार्थक हुने देखिन्छ । बोलीको प्रभाव बढ्ने छ । निर्माण ब्यवसाय, पुस्तकको कारोवार, शैक्षिक क्षेत्र, ठेक्का पट्टा, निर्माण क्षेत्र आदीमा संलग्नहरुका लागि समयले साथ दिने छ । 

सिंह
रिस धेरै उठ्ने भएकाले सतर्क भएर अघि बढ्नु होला । नेतृत्वदायी र महत्वाकांक्षी ब्यक्तित्व हुने छ । पेशागत जीवन औसत अवस्थामा केही सकारात्मक रहने छ । तर भाग्यहिनताका कारण रोजगारी तथा ब्यावसायमा अबरोध तथा कठिनाईहरु सामना गर्नु पर्ने भएकाले सतर्क रहनु होला । घर घडेरी, गाडि, बाहन, जग्गा जमिनको सन्दर्भमा नोक्सान हुने समय सक्रिय रहेकाले सतर्क रहनुहोला । 

कन्या
ब्यवस्थापकीय र नेतृत्वदायी भुमिका प्राप्त हुने छ । साझेदारीमा गरिएका कामहरुमा सकारात्मक परिस्थिति आउने छ । निर्णय क्षमतामा कमि ल्याउनुका साथै जिम्मेबारी पाए अनुसारको दृढता सृजना हुने छैन् । मन नियन्त्रणम ध्यान दिनु पर्ने छ । व्यवसायमा संयमित रुपमा निर्णय लिनु पर्ने समय सक्रिय छ । 

तुला 
पारीवारिक जीवनमा मधुरताको वातावरण हुने छ, यसले प्रतिकुलतासँग जुध्न मद्दत पु¥याउने छ । दृढ ब्यक्तित्व हुने छ, योसँगै कडा र रिसाहापनामा पनि बृद्धि हुने भएकाले संयमिताको खाँचो देखिन्छ । आम्दानीमा सोचे जस्तो नहुने भएकाले सन्तोष लिएर निरन्तर कदम चालि रहनु होला । अनुसन्धान  क्षेत्र, गुप्तचर क्षेत्रमा आवद्धहरुको हकमा भने फाइदा मिल्ने छ । 

वृश्चिक
भाग्यको बलियो छ । परिवारको मजबुद साथ मिल्ने छ । भित्रि बुद्धि र चतु¥याईमा बृद्धि हुने भएकाले कार्य सफलता मिल्ने छ । पेशागत जीवनमा विभिन्न खाले नसोचिएका उल्झन र समस्याहरु देखा पर्ने छ । पैसा सर सापटी गर्दा निकै विचार पुर्याएर मात्र गर्ने गर्नु होला । साझेदारीका काममा साझेदारहरुका बीच द्वन्द चर्कन सक्ने छ । 

धनु 
संयमित हुनु पर्ने समय छ । मनमा निरन्तर दुविधाले ग्रस्त बनाउने छ । सुखको परिस्थितिमा अवरोध आउने छ । साझेदारीमा गरिएका कामहरुमा बिबाद देखा पर्ने छ । कार्यालय तथा ब्यावसायमा आफू भन्दा माथिका कर्मचारीहरुसँग खटपट हुने भएकाले सतर्क रही कार्य गर्नु होला । आफूलाई प्राप्त जिम्मेबारी निर्वाह गर्न नसक्दा अरुले आफूप्रति दिएको विश्वास गुम्न पुग्ने छ । 

मकर 
नेतृत्वदायी क्षमतामा बृद्धि हुने छ । आत्माबल बलियो हुने छ । धन धान्यमा बृद्धि हुने छ । ब्यवस्थापकीय क्षमतामा तिब्रता देखा पर्ने छ । पेशागत र ब्यावसायिक जीवनमा पनि समय अनुकुल देखिन्छ । औषधी, हार्डवेयर, सिमेण्ट, फलाम, स्टिल, ठेक्का पट्टा जस्ता क्षेत्रमा लाभ प्राप्त हुने छ ।

कुम्भ 
निर्णय क्षमतामा कमि आउने छ । मनमा दुविधा बढ्ने छ । परिवारका सदस्यहरुका बीचमा कटुता देखा पर्ने छ । भाग्यहिनताको अभाष हुने हुँदा ब्यक्तित्वमा दृढताको कमि आउने छ । जीवनसाथिको साथ लिएर अघि बढेमा मेहनत र पराक्रमीपनाले सार्थकता पाउने छ । रियलस्टेट, ठेक्कापट्टा, सिमेण्ट, फलाम, सामान ढुवानी जस्ता क्षेत्रमा आवद्धहरुलाई केही फाइदा मिल्ने छ । 

मीन
व्यक्तित्वमा आउने दुविधात्मक स्वाभावले कार्य सम्पादनमा जोश र जाँगरको कमि हुने छ । मनमा नकारात्मक विचारले सताउने छ । मनोबलको कमि हुन जाने छ । शरीरमा कमजोरी बढ्ने छ । जीवनसाथिको साथसहित काम गरेमा अनुकुल हुने छ । घर जग्गाको कारोवार, ठेक्का पट्टा, होटल, रेष्टुरेण्ट, सर्जन आदी जस्ता क्षेत्रमा आवद्धहरुको हकमा समय प्रतिकुल रहेकाले धैर्यता साथ अघि बढ्नु होला । 

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)
 

Advertisement

Advertisement