तराई क्षेत्रमा होली जारी रहँदा शेयर बजार पनि राताम्मे, साढे २ अर्ब पनि पुगेन कारोबार

Advertisement

काठमाडौं । रंगहरुको पर्व फागु पूर्णिमा अर्थात होली आज तराई क्षेत्रमा हर्षोल्लासपूर्वक मनाइदै गर्दा शेयर बजार घटेर राताम्मे भएको छ । नेप्से तल ओर्लिएसँगै कारोबार रकम पनि साढे २ अर्ब पनि पुगेन । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १७.०१ अंकले घटेको हो । ०.८३ प्रतिशतले बजार घट्दा नेप्से २०३१.५५ अंकमा ओर्लिएको छ । 

Advertisement

आज ३०४ कम्पनीका ७० लाख ६१ ह्जार १२ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४८ करोड ९१ लख १८ हजार ४ सय ८५.०८ रुपियाँ बराबरको कारोबार भएको हो । 

समग्रमा बजार घटे पनि बोटलर्स नेपाल बालाजु, सर्वोत्तम सिमेन्ट, तारागाउँ रिजेन्सी होटल, सीवाईसी नेपाल लघुवित्त र हिमालयन हाइड्रोका लगानीकर्ताहरुले क्रमशः १०, ९.९९, ८.०४, ७.४२ र ६.२९ प्रतिशतले नाफा कमाएका छन् । 

त्यस्तै किसान लघुवित्त, बुद्धभूमि नेपाल हाइड्रो, आत्मनिर्भर लघुवित्त, गुराँस लघुवित्त र यूनिक नेपाल लघुवित्तका लगानीकर्ताहरुले क्रमशः १०, ९.९९, ८.८२, ७.०१ र ६.२५ प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज गोर्खाज फाइनान्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको २८ करोड ९० लाख २५ हजार ८ सय ५६.९० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

साताको पहिलो दिन हिजो आइतबार होली पर्वको बिदाका कारण शेयर बजार बन्द रहेको थियो ।  
 

Advertisement

Advertisement