विश्व वित्तीय सप्ताहको अवसरमा प्रभु क्यापिटलद्वारा वित्तीय सचेतना कार्यक्रम सम्पन्न

Advertisement

काठमाडौं । विश्व वित्तीय सप्ताह २०२४ को अवसरमा प्रभु क्यापिटल लिमिटेडले चैत ८ र ९ गते वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । हरेक वर्ष मार्च २२ देखि २८ सम्म मनाउने विश्व वित्तीय सप्ताह खास गरि किशोर तथा युवायुवतीहरूमा वित्तीय शिक्षाको महत्व जागरण गराउने उद्देश्यले ओइसीडीको संयोजनमा मनाउने गरिन्छ । 

प्रभु क्यापिटलले चैत ८ गते कीर्तिपुर स्थित रहेको केन्द्रीय व्यवस्थापन विभाग त्रिभुवन विश्वविद्यालय अध्ययन गर्दै गरेका विद्यार्थीहरूलाई प्रभु क्यापिटलकै कार्यलयमा भिजिट मर्चेन्ट बैंक अन्तर्गत मर्चेन्ट बैंकले गर्ने कार्य, कार्यशैली, पुँजी बजार, लगानी तथा जोखिमको बारेमा  जानकारि दिएको थियो  । त्यस्तै चैत ९ गते पब्लिक यूथ क्याम्पसमा अध्ययन गर्दै गरेका विद्यार्थीहरूलाई शेयरमा कसरि लगानि गर्ने, वित्तिय बजार र धितोपत्र बजार सम्बन्धी जानकारी गराएको थियो । 

Advertisement

ग्लोबल मनी वीक–२०२४ अन्तर्गत कार्यक्रममा प्रशिक्षकका रुपमा प्रभु क्यापिटल लिमिटेडका प्रमुख लगानी अधिकृत दुर्गानन्द झाले गरेका थिए । यस कार्यक्रममा विद्यार्थीहरूले मर्चेन्ट बैंकले गर्ने कार्य, पुँजी बजार, लगानी तथा जोखिमको बारेमा ज्ञान हासिल गरेका छन् ।  
 

Advertisement

Advertisement