नेपाल आज आयरल्यान्ड ‘ए’ सँग दोस्रो खेल खेल्दै
फाइल तस्बिर ।

Advertisement

काठमाडौं । नेपालले दुई टी–२० अभ्यास खेलअन्तर्गत आज आयरल्यान्ड ‘ए’सँग दोस्रो खेल खेल्ने भएको छ ।

खेल दिउँसो १ बजे टीयू क्रिकेट मैदानमा हुनेछ । 

Advertisement

ट्वान्टी–२० शृंखलाको पहिलो खेलमा नेपालले आयरल्यान्डविरुद्ध ६ विकेटको सहज जित निकालेको थियो । 

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा आयरल्यान्डले दिएको १२२ रनको लक्ष्य नेपालले चार विकेट गुमाउँदै १६.१ ओभरमा भेट्टाएको थियो ।

नेपाल ‘ए’ ले आयरल्यान्डसँग पाँच ट्वान्टी–२० र तीन एकदिवसीय खेलको शृंखला खेल्ने तालिका छ । 

सुरुवातका दुई ट्वान्टी–२० खेल रोहितकुमार पौडेलको नेपाली सिनियर टिमले खेल्दा बाँकी खेल भने विनोद भण्डारीको कप्तानीमा रहेको नेपाल ‘ए’ ले खेल्नेछ । 

आयरल्यान्ड ‘ए’ नेपाली ‘ए’ क्रिकेट टिमको दोस्रो प्रतिद्वन्द्वी हो । नेपाल ‘ए’ले यसअघि क्यानडा–११ सँग पहिलोपटक क्रिकेट शृंखला खेलेको थियो ।


नेपालका तर्फबाट रोहित पौडेल र आयरल्यान्डका तर्फबाट निल रकले कप्तानी गर्नेछन् । 

Advertisement

Advertisement