यी तीन कम्पनीले ल्याए पाँच लाख कित्ता संस्थापक शेयर बिक्रीमा

Advertisement

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र फस्र्ट माइक्रोफाइनान्स लघुवित्तले गोप्य शिलबन्दी बोलपत्रमार्फत पाँच लाख कित्ताभन्दा बढी संस्थापक शेयर बिक्रीमा ल्याएका छन् । 

कम्पनीहरुले बिक्रीमा ल्याएका यी शेयरमा आजदेखि खरिद आवेदन दिन सकिनेछ ।

Advertisement

हिमालयनले स्वदेशी सेक्युरिटिज एन्ड इन्भेस्टमेन्ट प्रालिको स्वामित्वमा रहेको ६४ हजार ५०९ कित्ता शेयर बिक्रीमा ल्याएको हो । प्रतिशेयर न्यूनतम १७५ रुपियाँ तोकिएको यस शेयरमा इच्छुक विद्यमान संस्थापक वा अन्य जोकोहीले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । 

बोलकबोल गर्दा न्यूनतम पाँच हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ता शेयरका लागि आवेदन दिनुपर्नेछ । आवेदन एनआईसी एसिया क्यापिटल लिमिटेड, थापाथली काठमाडौंमा चैत्र २० गतेभित्र दिनुपर्नेछ । 

त्यसैगरी, सिद्धार्थ प्रिमियरले दुई लाख ८७ हजार ५०० कित्ता शेयर बिक्रीमा ल्याएको छ । प्रतिशेयर न्यूनतम २१० रुपियाँ तोकिएको यसको शेयरमा जोकोहीले आवेदन दिन पाउनेछन् ।

आवेदकले बोलकबोल गर्दा न्यूनतम पाँच हजार कित्ता र अधिकतममा सबै कित्ता शेयरका लागि आवेदन दिनुपर्नेछ । आवेदन दिने अन्तिम मिति चैत्र २० गतेसम्म रहेको छ । खरिदकर्ताले एनआईसी एसिया क्यापिटल लिमिटेड, थापाथली काठमाडौंमा आइपुग्नेगरी आवेदन दिनुपर्नेछ ।

त्यसैगरी फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले एक लाख ५० हजार कित्ता शेयर बिक्रीमा ल्याएको छ । प्रतिकित्ता न्यूनतम १०० रुपियाँमा कम्पनीले जो–कोहीले खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो ।

शेयर खरिद गर्दा न्यूनतम १५ हजार कित्ता र बढीमा सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन दिने अन्तिम मिति चैत्र १५ गतेसम्म रहेको छ । शेयर खरिदकर्ताले मुक्तिनाथ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल, काठमाडौंमा आइपुग्ने गरी आवेदन दिनुपर्नेछ ।

 

Advertisement

Advertisement