डिप्रोक्स लघुवित्तको लाभांश सुनिश्चित गर्ने आज अन्तिम दिन

Advertisement

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुनिश्चित गर्ने आज अन्तिम दिन रहेको छ । 

लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि (चैत १५ गते) बुक क्लोज गर्दैछ।

Advertisement

अतः आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले लघुवित्तको साधारणसभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारणसभा बोलाएको छ।

साधारणसभा चैत २५ गते, आइतबार, पार्क सफारी रिसोर्ट, सौराहा, चितवनमा बस्दैछ । सभा बिहान १० बजे सुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पुँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०।५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । 

त्यसैगरी, सभाले मर्जर तथा एक्विजिसनसम्बन्धी कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ ।
 

Advertisement

Advertisement