काम नगर्ने २३ ठेकेदार कम्पनी सरकारको कालोसूचीमा, कुन-कुन परे ?

Advertisement

काठमाडौं । सरकारले २३ वटा निर्माण व्यवसायी (ठेकेदार) कम्पनीहरुलाई कालोसूचीमा राखेको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले २३ वटा निर्माण व्यवसायी कम्पनीलाई कालोसूचीमा राखेको हो ।

Advertisement

कार्यालयले दुई ठेकेदार कम्पनीलाई तीन वर्ष, एक ठेकेदार कम्पनीलाई दुई वर्ष, दुई ठेकेदार कम्पनीलाई एक वर्ष छ महिना, पाँच ठेकेदार कम्पनीलाई एक वर्ष तीन महिना र १३ ठेकेदार कम्पनीलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखेको छ ।

कालोसूचीमा राखिएका व्यवसायी आपूर्तिकर्ताहरूले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् । 

undefined

Advertisement