ग्लोबल मनि वीकको अवसरमा  एभरेष्ट बैंकले गर्यो वित्तीय साक्षरता कार्यक्रम, तीन हजार बढी सहभागी

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकको संयोेजनमा यसवर्ष पनि एभरेष्ट बैंकले ग्लोबल मनि वीकको अवसरमा  देशभर वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न गरेको छ । 

उक्त कार्यक्रम अन्तर्गत बैंकले ७ वटै प्रदेशका विभिन्न शाखा मार्फत विभिन्न स्कुल÷क्याम्पसहरुमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी झण्डै ३ हजार भन्दा बढी विधार्थीहरुमा वित्तीय शिक्षाको महत्व जागरण गराएको जनाएको छ । 

Advertisement

उक्त कार्यक्रममा युवाहरुमा वित्तीय ज्ञान, सीप, मनोवृत्ति, वित्तीय समावेशीकरण, बैंकहरmले दिने सेवा र यसमा अपनाउनु पर्ने सावधानीका विषयमा सचेतना गराइयो ।

बैंकले देशैभरी छरिएर रहेको आफ्नो १२८ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६४ एटीएमसहित  विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैंकिङ सुबिधा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको जनाएको छ ।

Advertisement