आजदेखि एसईई, नयाँ निर्देशिकाअनुसार यसरी छुट्याइन्छ जीपीए र ग्रेड
फाइल तस्बिर ।

Advertisement

काठमाडौं । यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदै छ । यो वर्ष एसईईमा पाँच लाख चार हजार ४१४ विद्यार्थी सहभागी हुँदै छन् । देशभरका दुई  हजार ६४ परीक्षा केन्द्रबाट एकसाथ परीक्षा सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।  यो वर्ष एसईईको नतिजामा लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार विद्यार्थीको ग्रेडिङ हुनेछ । 

बिहान ८ बजेबाट ११ बजेसम्म सञ्चालन हुने परीक्षा चैत २७ गतेसम्म चल्नेछ ।

Advertisement

पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा हुनेछ । एसइईलाई व्यवस्थित, मर्यादित, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न परीक्षामा खटिने केन्द्राध्यक्षलगायत जनशक्तिलाई अभिमुखीकरण गरिएको बोर्डले जनाएको छ ।

परीक्षा दिने पाँच लाख बढी

बोर्डले चैत १५ गतेदेखि सुरु हुने परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ विद्यालयका दुई लाख ५० हजार सात सय ७२ छात्रा, दुई लाख ५३ हजार छ सय २७ छात्र र अन्य १५ जना गरी कूल पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी सहभागी हुने कक्षा १० परीक्षा नियन्त्रण कार्यालयका एसइर्ई परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए । उनका अनुसार कूल परीक्षार्थीमध्ये पाँच सय छ विद्यालयका १५ हजार सात सय ४९ जना परीक्षार्थी प्राविधिक धारतर्फका छन् ।

परीक्षामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका १५ जना परीक्षार्थी सहभागी हुने परीक्षा नियन्त्रक पौडेलले बताए  । उनका अनुसार बाँके, चितवन, दाङ, गोरखा, इलाम, खोटाङ, सुर्खेतबाट एक–एक, पर्सा र सप्तरीबाट दुईरदुई, रुपन्देहीबाट चार जना छन् ।
 
परीक्षाका लागि कार्यालयले दुई हजार ६४ परीक्षा केन्द्र निर्धारण गरेको छ । सबैभन्दा कम मनाङ, मुस्ताङमा एक÷एक र सबैभन्दा बढी काठमाडौँमा एक सय २७ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

जापानमा एक परीक्षा केन्द्र 

यस वर्षको एसइई परीषमा जापानबाट २३ जना सहभागी हुनेछन् । जापानमा रहेको एभरेष्ट स्कूलमा एक परीक्षा केन्द्रबाट १५ छात्रा र आठ छात्र गरी २३ विद्यार्थीले परीक्षा दिने भएका छन् ।


नयाँ निर्देशिकाअनुसार यसरी छुट्याइन्छ ग्रेड र जीपीए  

लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार विद्यार्थाीको प्राप्तांक प्रतिशतका आधारमा आठवटा स्तरीकृत अंक ९जीपीए० र अइर ग्रेड (लेटर ग्रेड) छुट्याइएको छ । 

विषयगत रूपमा सैद्धान्तिक र आन्तरिकतर्फ प्राप्त छुट्टाछुट्टै अंकलाई अक्षर ग्रेड (लेटर ग्रेड) मा रूपान्तरण गरिनेछ ।  

जसमध्ये सैद्धान्तिक र आन्तरिक दुवैतर्फ ९० र सोभन्दा माथि प्रतिशत प्राप्त गर्नेलाई ४.० जीपीए दिइनेछ । ४.० जीपीए ल्याउने विद्यार्थीको ग्रेडिङ ‘ए प्लस’ हुनेछ, यसलाई सर्वोत्कृष्ट उपलब्धि मानिएको छ । 

यस्तै, ८० देखि ९० प्रतिशत ल्याउनेको जीपीए ३।६ र ग्रेड ‘ए’ हुनेछ भने ७० देखि ८० सम्म प्रतिशतलाई ३।२ जीपीए दिइनेछ, उनीहरूको ग्रेड ‘बी प्लस’ हुनेछ । यस्तै, ६० देखि ७० सम्म ल्याउनेको जीपीए २।८ र ग्रेड ‘बी’, ५० देखि ६० ल्याउनेको जीपीए २।४ र  ग्रेड ‘सी प्लस’, ४० देखि ५० सम्म ल्याउनेको जीपीए २।० र ग्रेड ‘सी’, ३५ देखि माथि ४० सम्म ल्याउनेको जीपीए १.६ र ग्रेड ‘डी’ कायम हुनेछ । सैद्धान्तिकतर्फ ३५ प्रतिशतभन्दा कम अंक ल्याउनेको ग्रेड तोकिने छैन अर्थात् ग्रेडको वर्गमा ‘नन् ग्रेडेड’ र जीपीएको वर्ग खाली राखिनेछ । 

प्रत्येक विषयमा आन्तरिकतर्फ न्यूतनम ‘सी’ र सैद्धान्तिकतर्फ ‘डी’ ग्रेड प्राप्त नगरेसम्म विद्यार्थीले मूल प्रमाणपत्र पाउने छैनन् । मूल प्रमाणपत्र प्रप्त नगरी उच्च शिक्षा अध्ययन गर्न पाइने छैन ।  यसरी ‘नन् ग्रेडेड’ नतिजा आएका विद्यार्थीले दुईवटा विषयमा तीन पटकसम्म तत्कालै हुने ग्रेडवृद्धि परीक्षा दिन पाउने राष्ट्रिय परीक्षा बोर्डका परीक्षा उपनियन्त्रक भक्त गोदार बताउँछन् । 

उनका अनुसार दुईभन्दा बढी विषयमा नन् ग्रेडेड भएका वा तत्काल हुने ग्रेडवृद्धि परीक्षामा पनि न्यूनतम ग्रेड पाउन नसकेका विद्यार्थीले अर्को वर्ष हुने एसईईमा सबै विषयमा परीक्षा दिन पाउनेछन् । यदि विद्यार्थी सैद्धान्तिकतर्फको परीक्षामा सामेल हुन नपाएमा उसको आन्तरिक तथा प्रयोगात्मकतर्फको अंक तीन वर्षसम्म कायम रहनेछ । 

Advertisement

Advertisement