गाउँ पर्यटन प्रवर्द्धन मञ्चको अध्यक्ष पदमा शकुन्तला देवकोटाको उम्मेदवारी

Advertisement

काठमाडौं । गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपालको अध्यक्ष पदका लागि शकुन्तला देवकोटाले उम्मेदवारी दिएकी छन् ।

चैत १७ मा हुने मञ्चको साधारणसभाले आगामी कार्यकालका लागि कार्यकारी समिति चयन गर्नेछ । 

Advertisement

सोही कार्यकालका लागि अध्यक्षमा शकुन्तला देवकोटासहित प्रथम उपाध्यक्षमा हरिशरण थपलिया, द्वितीय उपाध्यक्षमा मनहरि दाहालले उम्मेदवारी दिएका छन् । 

त्यसैगरी, मञ्चको महासचिवमा चोपेन्द्रबहादुर खड्का, सचिवमा विनोद वस्ती, कोषाध्यक्षमा रघुनाथ पौडेल, सह–कोषाध्यक्षमा नवराज तिवारी, सदस्यमा रामेश्वर चौधरी, सृष्टि भण्डारी, प्रज्ज्वल अर्याल, सागर आचार्यले उम्मेदवारी दिएका छन् ।

 

Advertisement

Advertisement