ललितपुरमा पहिलो अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलन सुरु

Advertisement

काठमाडौं । आजदेखि ललितपुरमा पहिलो अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलन सुरु भएको छ । पाटन मल्टिपल क्याम्पसले ‘फस्र्ट इन्टरनेसनल कन्फ्रेन्स अन इकोनोमिक– २०२४ (एफआईसीसी २०२४) नाम दिइएको सम्मेलन दुई दिनसम्म सञ्चालन हुनेछ । 

सम्मेलनमा नेपालसहित भारत, बंगलादेश, भूटान, श्रीलंका, सिंगापुर र मलेसियाबाट प्राज्ञिक तथा बौद्धिक व्यक्तित्वको सहभागिता रहेको छ । अर्थशास्त्रको विकासक्रममा पछिल्लो समय जलवायु परिवर्तन तथा श्रम आप्रवासन जस्ता नयाँ विषय जोडिएकाले अर्थशास्त्रले विकासको सवालमा नवीन सोच र तयारी तथा नवीन ज्ञान आर्जन र सेयर गर्ने उद्देश्यले सम्मेलन गरिएको आयोजकले बताएको छ । 

Advertisement

नेपालजस्तो जटिल र पृथक भूराजनीतिक मानचित्रमा रहेको देशलाई अर्थशास्त्रमा आएको उल्लिखित नयाँपनलाई नजिकबाट नियाल्न र उल्लेखित विषयमा नयाँ छलफल प्रारम्भ गर्नुपर्ने आजको टड्कारो आवश्यकता भइसकेको अवस्थालाई मध्यनगर गरी सम्मेलन गरिएको आयोजकले बताएको छ । सम्मेलनले विकासका नयाँ मुद्दामाथि छलफलमार्फत ज्ञान आर्जनमा टेवा पुग्ने तथा नीतिनिर्माणमा स्पष्टता र दूरदर्शिता विकास गर्न सघाउ पुग्ने लक्ष्य लिएको छ । 

विकासको एजेण्डालाई नवसिर्जित मुद्दासँग अंगीकार गर्दै अर्थतन्त्र बिस्तारमा गुणात्मकता र स्थायित्व कायम गर्ने नयाँ आयामको सम्मेलनले खोजि गर्ने विश्वास राखिएको छ । सम्मेलनमा त्रिभुवन विश्वविद्यालयसँगै काठमाडौं, पोखरा र सुदूरपश्चिम विश्वविद्यालय र उल्लिखित विश्वविद्यालयका विभिन्न आंगिक÷सम्बन्धन क्याम्पस तथा विभागको प्रत्यक्ष संलग्नता रहेको छ । 

सम्मेलनका लागि कुल ३८ रिसर्च पेपर छनोट भएका छन् जो दुई दिन चल्ने ११ प्राविधिक सत्रमा प्रश्तुत हुनेछन् । सम्मेलनमा २ विज्ञ वक्ताबाट ‘कि-नोट लेक्चर’ र ५ विज्ञ सम्मिलित १ प्यानल छलफल हुनेछ । सम्मेलनमा कुल १५० जनाको सहभागिता रहनेछ । 

Advertisement

Advertisement