आज यी पाँच प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

Advertisement

काठमाडौं । देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा हल्का वर्षा भइरहेको छ जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ।

Advertisement

विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली रहने छ । 

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका साथै बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ । 

उच्च पहाडी तथा हिमाली भू–भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ ।

त्यसैगरी राति देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही  बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । पहाडी भू–भागका एक–दुई हल्का वर्षाको सम्भावना रहेको छ । 

गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि विभागले जनाएको छ ।

Advertisement

Advertisement